4/28/2011

पारस पटके हुने

चितवन टाइगर टप्स गोली काण्डका मूख्य आरोपी पूर्व युवराज पारस शाह ले कागज गर्न चितवन आउन नपर्ने जिकिर उनका कानुन व्यवसायीहरुले गरेका छन् । उहाँलाई आइन्दा गल्ती नगर्ने भन्दै कागज गराएर छाड्न बुधबारमात्रै जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो ।
उनले सार्वजनिक स्थानमा होहल्ला गरि शान्ति खल्बल्याएको कसुर ठहर गर्दै फेरी गल्ती नगर्न चेतावनी दिइएको छ ।
तर उनी कागज गर्न आउनै पर्ने भन्ने जरुरी नभएको उनका वकिलहरुको दाबी गरे । कागज गर्न आउनै पर्छ भन्ने नभएको र पारस नआउने प्रमुख वकिल गणेश केसीले बताए । उनलाई सामान्य चेतावनीमात्रै दिइएको केसीले दाबी गरे । जिल्ला प्रशासन कार्यालयले भने कागज गर्न नआई अर्कोपल्ट गल्ती गरे यही मुद्दा नजिरको रुपमा कायम भई जरिवाना वा जेलसजायसम्म हुनसक्ने जनाएको छ ।
तर आउनैपर्ने वाध्यता भने पारसलाई नरहने पनि बताइएको छ । कागज गर्ने फैसला मन्जुर नभए त्यसविरुद्धमा उहाँले ७० दिनभित्र पुनरावेदन अदालत जान पाउने कानुनी व्यवस्था छ । फैसलाको नियम अनुसार उनले ३५ दिनभित्र जिल्ला प्रसाशनमा कागज गर्नुपर्ने  हुन्छ ।

No comments:

Pages