जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व युवराज पारस शाहलाई सचेत गराउँदै सफाई दिने फैसला सुनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको इजलासले अब यस्तो कसुर हुने छैन भनि कागज गराएर पारसलाई सफाइ दिने फैसला सुनाएको हो ।
फैसलामा केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ को दफा ६ को २ बमोजिम पहिलो पटकका लागि कागज गराई छाडिदिने भनिएको छ ।
फैसलाअनुसार पारसले आफैँ उपस्थित भएर ३५ दिनभित्र कागज गर्नु पर्नेछ । पारसको कागज गरेसँगै मुद्धा टुंगिने छ ।
मुद्धाको सफाईसँगै पारसको १० हजार धरौटि पनि फिर्ता भएको छ । सार्बजनिक स्थलमा होहल्ला गरी अमर्यादित गतिबिधीमा सहभागी भएको पारस स्वयंले स्वीकार गरेकाले अब गल्ती गरे पटके कारर्बाही गर्ने गरी सफाई दिएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरी सिग्देलले बताउनुभयो ।
कांग्रेस नेतृ सुजाता कोइरालाको बंगलादेशी नागरीक रुबेल चौधरीलाई चितवनको मेघौलीस्थि होटल टाइगर टप्समा गत मंसिर २५ गते शाहले गोली चलाएको अभियोगमा मुद्धा दर्ता भएको थियो । गोलीकाण्डका पीडित भनिएका बंगलादेशी नागरिक रुवेल चौधरी र पूर्वयुवराज पारस शाहसँग गत चैत्र ८ गते लिईएको बयानका आधारमा प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको एकल इजलासले वैशाख १४ गतेका लागि पेशी तोकेको थियो ।
रुबेललाई गोली हानेको आरोपमा प्रहरी सहायक निरिक्षक गंगा क्षेत्रीले पूर्वयुवराज शाहविरुद्ध सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गर्नु भएको थियो । मंसिर २८ गते पोखराबाट प्रक्राउ गरी चितवन ल्याएएका आरोपित शाहलाई प्रमुख जिल्ला अधिकारी गौतमको इजलासले गत पुस १ गते १० हजार रुपैयाँ धरौटीमा तारेखमा छाडेको थियो ।

No comments:
Post a Comment