शिक्षक सरुवामा व्यापक अनियमितता भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सोसम्बन्धी सम्पूर्ण कागजात आफ्नो कब्जामा लिएको छ । शिक्षक सरुवामा जिल्ला शिक्षा अधिकारी अम्बिकाकुमारी साहले रु एक लाख ५० हजारसम्म घुस लिएको उजुरी परेकाल सोको छानबिनका लागि त्यससँग सम्बन्धित सम्पूर्ण कागजात कब्जामा लिइएको हो– सिरहाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले भने ।
जिल्लामा राहत कोटा र पिसिएफ कोटामा व्यापक अनियमितता भएको र राहतकोटामा शिक्षक नियुक्ति गर्दा जिशिअ साहले प्रतिशिक्षक रु दुई लाखदेखि रु तीन लाखसम्म घुस लिएको उजुरी परेको छ । प्रजिअ बानियाँ भन्छन् ‘उजुरी परेपछि त्यससँग सम्बन्धित कागजात कब्जामा लिएर छानबिन सुरु गरेका छौँ ।’
सिरहामा कतिपय ठाउँमा राहत कोटा र पिसिएफ कोटाका कारण द्वन्द्वसमेत सिर्जना भएको छ ।
No comments:
Post a Comment