4/26/2011

नेपालमा यस्तो कानून कहिले?

पूर्वी चीनका एक व्यक्तिलाई गोली हानाहानमा चारजना प्रहरीको हत्या गरेकोमा मृत्युदण्ड दिइएको छ । व्यक्तिगत रूपमा हातहतियार राख्नु अवैध ठहरिने देशमा सो हतियारसहितको हिंसा हुनु दुर्लभ मानिन्छ । सिन्ह्वा समाचार समितिका अनुसार ५१ वर्षीय लिउ जियानजुनलाई मङ्गलबार मृत्युदण्ड दिइयो ।
शान्डोङको ताइआन सहरस्थित माध्यमिक जन अदालतले ती व्यक्तिलाई बन्दुक तथा खरखजाना आफूसँग राखेकोमा गत मार्च महिनामा मृत्युदण्डको फैसला गरेको थियो ।
उनी र उनका भाइले जनवरी ४ मा बयान लिँदा तीनजना प्रहरीलाई गोली हानी हत्या गरेका थिए र पछि अर्का एक प्रहरीको पनि हत्या गरेका थिए । उनीहरूले चारवटा कार पनि कब्जामा लिएका थिए । समाचार अनुसार लिउका भाइले आफैंलाई गोली हानी मृत्यु वरण गरेका थिए ।

No comments:

Pages