मोस्ट वान्टेडको सूचीमा रहेका प्रबन्ध निर्देशक विष्णु क्षेत्री उच्च प्रहरी अधिकृतको संरक्षणमा काठमाडौंमै रहेको स्रोतले बताएको छ । प्रबन्ध निर्देशक क्षेत्री युनिटीका अगुवा लिडरहरुसँगै कहिले बूढानीलकण्ठ त कहिले भक्तपुरको सिपाडालेमा देिखने गरेको श्रोतले दाबी गरेको छ । मुद्दा लम्बिँदै गएपछि यससम्बद्ध कयांै सदस्यहरु परिवारको सम्पर्कमा नरहेको बताइएको छ । प्रहरीले पक्राउ गरे पनि सार्वजनिक नगरेकाले के कति सदस्यहरु हाल प्रहरी नियन्त्रणमा छन् भन्ने यकिन हुन सकेको छैन ।
हर्बो इन्टरनेशनलको एजेण्टहरु समाज सुधारका नाममा गाउँ गाउँ छिर्न थालेका छन् । स्थानीय प्रशासनले नेटवर्किङ व्यवसायमा कडाइ गरेपछि यसका एजेन्टहरु विभिन्न बहानामा हर्कोको सञ्जाल बिस्त गर्न गाउँ छिर्न थालेका हुन् । समाज सुधार समिति गठन गर्ने भन्दै हर्बो इन्टरनेसनलका एजेन्टहरुले नेटवर्कको सदस्य बनाउन थालेका छन्। समाज सुधार समिति गठन गर्नका लागि सबै गाउँलेलाई पत्र पठाउन माइनेट नै तयार गर्दै गाउँ गाउँ पुगेका छन् हर्बोका एजेण्टहरु। समाज सुधारका नाममा हर्बो नेटवर्कको ग्राहक बनाउन र सामान बेच्न लागेपछि स्थानीयवासीहरु आक्रोशित भएका छन् ।केही दिन अगाडि मात्रै नालामा तिनै एजेन्टहरुले यस्तो समाज गठन गरेका छन्।
No comments:
Post a Comment