4/29/2011

छ जोईको पोइ जेलमा बसी रोई

जिल्ला अदालत कञ्चनपुरले छटौँ विवाह गर्ने कञ्चनपुर झलारी–२ सिमलफाँटाका २५ वर्षीय प्रकाश नागरीलाई बहुविवाहको आरोपमा दोषी ठहर गर्दै दुई वर्ष कैद र रु २५ हजार जरिवानाको फैसला गरेको छ । सो अदालतका न्यायाधीश भोजराज शर्माको इजलासले सो फैसला गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयले प्रकाशमाथि बहुविवाहको मुद्दा दायर गरेको थियो । छटौँ विवाह गरी प्रकाशले राखेको थाहा पाएपछि उनका घरमा रहेका श्रीमतीहरूले महिला तथा वृद्धा सेवा केन्द्र र कानुनी तथा परामर्श केन्द्रको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । प्रकाशले विवाह गरेको भनिएकी छटौँ श्रीमती जानकीले भनी अदालतबाट सफाइ पाएकी छन् ।

No comments:

Pages