4/26/2011

पारसको पेशी आज

काठमाडौं( चितवनको टाइगर टप्स गोली प्रकरणका दोषी मानिएका पूर्व युवराज पारस शाहको मुद्दाको तेस्रो पेशी आज हुँदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमसक्ष जिल्ला प्रशासन कार्यालय चितवनमा पेशी हुने बताइएको छ ।

घटनाका प्रमुख पात्र
पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाईं बंगलादेशी नागरिक रुबेल चौधरी र पूर्व युवराज शाह दुवै पक्षको बयानपछि जिल्ला प्रशासन कार्यालय चितवनले आजका लागि पेशी तोकेको हो । पेशीका लागि शाह भने स्वयम् उपस्थित नहुने बताइएको छ ।
उनको तर्फबाट उनका कानून व्यवसायीहरुले तारेखको थमौंती गर्नेछन् । शाह उपस्थित नभए पनि मुद्दाको फैसलामा भने कुनै बाधा नपर्ने बताइएको छ । गत चैत आठ गते घटनाको सत्यतथ्यका बारेमा चौधरीले वादीका तर्फबाट मुख्य साक्षीको रुपमा बयान दिएका थिए । गत माघ २५ गते टाइगर टप्स होटलमा दुईबीच आपसी विवादसँग पारसले रुबेललाई ज्यान मार्ने धम्कीसहित गोली पड्काएको घटना सार्वजनिक भएको थियो । घटनाको दुई दिनपछि माघ २८ गते पारसलाई पोखराबाट पक्राउ गरी चितवन ल्याइएको थियो । अन्य साक्षीहरुको बयानपछि पुस १ गते पारसलाई दश हजार धरौटीमा तारेखमा छाडिएको थियो । फागुन १९ गतेका लागि पहिलो पेशी पाएका पारसको दोस्रो पेशी चैत २ गते भएको थियो ।

No comments:

Pages