4/28/2011

पाइलटहरू हड्तालमा

पाइटलहरूले जारी राखेको हड्तालका कारण एयर इन्डियाका कैयौँ उडानहरू रद्द भएका छन् । पाइटलहरूले लगातार दुई दिनदेखि जारी जारी राखेको हड्तालका कारण गन्तव्यमा जानका लागि टिकट काटेका यात्रुहरूले सास्ती भोग्नु परेको भारतीय विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । The Lincoln Lawyer: A Novelपाइलटहरूको आन्दोलनका कारण एयर इन्डियाको विमानले उडान रद्द गर्दा यात्रुलाई सास्ती व्यवहोर्नु परेको बताइएको छ ।
आजभोलि छुट्टीको समय रहेको हुँदा यात्रुहरूको संख्या धेरै रहेको बताइन्छ । आधारातपछि पनि एयर इन्डियाको २० भन्दा बढी उडान रद्द भएको बिबिसीले उल्लेख गरेको छ । उडान रद्द भएकाहरूमा दिल्ली(मुम्बई तथा काठमाडौँ, बैंकक उडान पनि रद्द भएका छन् ।

बुधबार दिल्लीको उच्च अदालतले हड्ताल गरिरहेका विमान चालकहरूलाई जनहितका लागि भए पनि हड्तालाई फिर्ता लिएर अवस्थालाई सामान्य बनाउन आग्रह गरेको थियो । करिब ६ सय विमान चालकहरूले विभिन्न माग राखेर मंगलबार रातिदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेका थिए ।
विमान चालकहरूले हड्ताल घोषणा गरेपछि एयर इन्डियाले बुधबार कारबाहीस्वरुप ६ पाइलटलाई कामबाट हटाएको छ भने चारजनालाई निलम्बन गरेको बिबिसीले उल्लेख गरेको छ ।

No comments:

Pages