अवैधानिक तरिकाले नेतृत्व चयन गरेको भन्दै नौं दिनदेखि आन्दोलनमा उत्रेका यहाँका क्रियाशिल पत्रकारहरुले वैधानिक अधिवेशन माग गर्दै पुनरावेदन अदालत पोखरामा बिहीबार मुद्दा दायर गरेका छन्। नौं दिनदेखि रिले अनसनमा बसेका पत्रकारहरुको तर्फबाट ुउप्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँु भन्दै मुद्दा दायर गरेका हुन्। आन्दोलनरत पत्रकारहरुको तर्फबाट प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र संघर्ष समितिका संयोजक एवं स्थानीय आदर्शसमाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले मुद्दा दायर गरेका छन्।
मुद्दामा पत्रकार महासंघ कास्की शाखासहित अध्यक्ष नारायण कार्की र अवैधानिक तवरबाट चयन गरिएका अध्यक्ष बद्रीविनोद खनाललाई विपक्षि बनाइएको छ। पुनरावेदन अदालतले शुक्रबार नै मुद्दाबारे के गर्ने भन्ने निर्णय गर्नेछ।
गैरकानुनी तवरले अधिवेशन बिना गरिएको नेतृत्व चयनको निर्णय बदर गर्नुपर्ने र अधिवेशन बोलाएर नयाँ कार्यसमितिको निर्वाचन गर्न लगाउनु भनी निवेदकको माग छ।

अधिवेशनै नगरी दलीय भागबण्डाका आधारमा नेतृत्व चयन गरेर महासंघमा आबद्ध पत्रकारहरुको मताधिकार हनन् गरेकोले कानुनी बाटो अपनाउनु परेको संघर्ष समितिका संयोजक बास्तोलाले बताए।
हामीलाई कुनै पद चाहिएको होइन, मात्र विधिसम्मत तरिकाले अधिवेशन हुनुपर्ने माग हो उनले भने,
No comments:
Post a Comment