लमजुङ । लमजुङका ग्रामीण क्षेत्रमा परम्परादेखि चलनमा आएका काठका ठेकीको प्रयोग हराउँदै जान थालेको छ । ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुनुका साथै ठेकी बनाउने कालीगढको अभाव हुन थालेपछि यसको प्रयोगमा कमी आएको हो । हिजोआज काठको ठेकीको सट्टा प्लाष्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि मौलिक गाउँले ठेकी लोप हुने अवस्थामा पुगेको हो ।
ठेकी बनाउनका लागि दार, कटहर, खिर्रोलगायतका
गाउँघरमा धेरै मानिसले पहिलेजस्तो गाईभैँसी नै पाल्न छाडेका छन् । काठको ठेकी बिक्रीमा पनि कमी आएको उहाँको भनाइ छ । गाइभैँंसी पाल्नेले पनि दूध, दही जमाउन र मोही पार्न धातुको सामग्री प्रयोग गर्ने गरेकाले यो पेसाबाट ठेकी बनाउने पेसा सङ्कटमा परेको विश्वकर्माको भनाइ छ । गाई, भैँसीको दूध राख्न र मोही बनाउन दारको ठेकी राम्रो मानिन्छ । कटहर तथा खिर्रोजस्ता काठबाट बनेको ठेकीमा पारेको मोही अमिलो हुने पशुपालक किसानहरू बताउँछन् ।

No comments:
Post a Comment