4/28/2011

ओलीले खनाललाई नछाड्ने

नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टीको निर्णय विपरीत स्वेच्छाचारीरुपमा अगाडि बढ्ने  जोसुकैलाई पनि कारबाही गरिने बताएका छन् । पार्टीको निर्णय विपरीत काम गरे प्रधानमन्त्रीलाई समेत चुनौती दिइने उनको प्रस्टोक्ति थियो ।

नेता ओलीले मनपरी गर्ने अधिकार कसैलाई नभएको समेत बताए। नेता ओलीले प्रधानमन्त्रीले छिट्टै केन्द्रीय समिति वैठक नवोलाए हस्ताक्षर गरेर भएपनि बहुमत सदस्यको सहभागितामा वैठक वस्ने दावी गरे ।
उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष झलनाथ खनालले माओवादीको लहैलहैमा लागेर गल्ति गर्न थालेको आरोप लगाए । स्वेच्छाचारी निर्णय गर्दै पार्टी र सरकार चलाउन खोज नतिजा नराम्रो हुने उनले चेतावनी पनि दिए ।Paper Airplane

No comments:

Pages