साउदी अरब सरकारले गैरकानुनी रूपमा बसोबास गर्दै आएका विदेशीलाई आममाफी दिँदै स्वदेश फर्कन अवसर दिए पनि त्यसप्रति नेपालीले त्यति चासो दिएनन्। साउदीस्थित नेपाली दूतावासअनुसार त्यहाँ गैरकानुनी रुपमा बसिरहेका ९५ हजार नेपालीले विभिन्न कारण एम्नेस्टीको उपयोग गरेका छैनन्।

साउदी सरकारले गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीलाई स्वदेश फर्कन खोलेको ६ महिने एम्नेस्टी ९आममाफी० चैत ९ गते सकिएको छ। दूतावासका अनुसार यस अवधिमा गैरकानुनी रूपमा साउदीमा बस्दै आएका १ लाख नेपालीमध्ये ५ हजारले मात्र स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिएका छन्। ‘गैरकानुनी रूपमा यहाँ बस्दै आएका १ लाख नेपालीमध्ये थोरैले मात्र एम्नेस्टीको उपयोग गर्दै स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिए,’ साउदीस्थित नेपाली दूतावासका प्रथम सचिव पारस घिमिरेले भने, ‘ट्राभल डकुमेन्ट लिनेको संख्या मात्र ५ हजार छ। ९५ हजार नेपाली अझै गैरकानुनी रूपमा यहाँ रहेका छन्।’
एउटा कम्पनी छाडी अर्को कम्पनीमा काम गर्ने ९राहदानी छाडी०, भिसा सकिएपछि पनि लुकेर बस्नेलगायत गैरकानुनी रूपमा बसोबास गरेका विदेशीलाई खाडी राष्ट्रले वैधानिक रूपमै स्वदेश फर्काउन विशेष अवसरमा एम्नेस्टी ९आममाफी० खोल्ने गर्छन्। यस्तो अवसरमा सम्बन्धित देशका दूतावासले स्वदेश फर्कन चाहने आफ्ना नागरिकलाई निःशुल्क ट्राभल डकुमेन्ट उपलब्ध गराउँछन्।
यसरी दिइएको अवधिमा स्वदेश नफर्किए गैरकानुनी रूपमा बसेकाहरूमाथि कारबाही गरिन्छ। गैरकानुनी रूपमा बसेकालाई कम्पनीले कम तलबमा काम लगाउनेमात्र होइन, भनेबमोजिम नगरे प्रहरीलाई जिम्मा लगाइदिन्छन्। कतिलाई त कम्पनीभित्रै मानसिक तथा शारीरिक यातना दिइन्छ। अनि मात्र नेपालीहरू भागेर दूतावास पुग्ने गर्छन् र दूतावासले सहयोग नगरेको गुनासो गर्छन्।
‘गैर कानुनी रुपमा बस्नेलाई स्वदेश फर्कन यो राम्रो अवसर थियो,’ घिमिरेले भने, ‘तर, नेपाली कामदारले चासो नै दिएनन्।’ साउदी सरकारले स्पष्ट सूचना प्रवाह नगर्दा र कम समयमा त्यहाँ रहेका सबै नेपालीसमक्ष सूचना पुर्याउन नसक्दा पनि केही नेपाली कामदार स्वदेश फर्कनबाट वन्चित भएको घिमिरेले बताए।
साउदीमा साढे ६ लाख नेपाली कामदार रहेको अनुमान छ। जसमध्ये साढे पाँच लाख वैधानिक छन्। गैरकानुनी रूपमा बसोबास गर्नेको संख्या निकै बढेपछि साउदी सरकारले उमराओ, हज र भिजिट भिसामा गएका विदेशीलाई मात्र एम्नेस्टी खोलेको जनाएको थियो। एम्नेस्टी खोलेको तीन महिनापछि त्यहाँस्थित भारत, पाकिस्तान, बंगलादेशलगायतका दूतावासले ‘ओभर स्टे’ ९भिसा सकिएपछि बस्ने० गर्नेलाई पनि एम्नेस्टीमा सहभागी गराउन अनुरोध गरेका थिए।
‘तीन महिनापछिमात्र साउदीले विभिन्न देशको अनुरोधमा ओभर स्टे गर्नेलाई एम्नेस्टीमा समेट्यो,’ घिमिरेले भने, ‘बाँकी तीन महिनामा हामीले पनि सूचना सबैबीच पुर्याउन सकेनौँ।’
एम्नेस्टीमा स्वदेश नफर्कनेलाई के कस्तो कारबाही गर्नेबारे अहिले साउदी सरकार छलफलमै रहेको घिमिरेले बताए। साउदी सरकारले यसबारे छिट्टै निर्णय लिई त्यहाँ रहेका विभिन्न देशका दूतावासलाई जानकारी गराउने जनाइएको छ। एम्नेस्टी अवधिमा दक्षिण एसियाबाट बंगलादेशका १७ हजार, पाकिस्तानका ५ हजार ५ सय र श्रीलंकाका ८० जनाले ट्राभल डकुमेन्ट लिएको समाचार एजेन्सीहरूले जनाएका छन्।
यस्तै, कुवेत सरकारले गैरकानुनी रूपमा बस्दै आएका विदेशीलाई स्वदेश फर्काउन खोलेको एम्नेस्टीमा हालसम्म १ हजार ७ सयजना नेपालीले ट्राभल डकुमेन्ट लिइसकेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। २०६८ असार १६ गते सकिँदैछ। ६० हजार हाराहारी नेपाली रहेको कुवेतमा एम्नेस्टी अवधिमा ३ हजार नेपालीले स्वदेश फर्कन ट्राभल डकुमेन्ट लिने अनुमान दूतावासको छ।

No comments:
Post a Comment