काठमाडौँ, १५ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भावी रणनीति बनाउन विपक्षी दलहरुको आज बैठक बोलाएको छ । काङ्ग्रेस
शान्ति र संविधान निर्माण गर्न वर्तमान सरकार असफल भएको निष्कर्षमा पुगेका दलहरुको बैठकले भावी रणनीति तय गर्नेछ । सरकारले श्वतपत्रमा टेकेर ल्याउन लागेको बजेटप्रति पनि प्रतिपक्षी दलहरुले धारणा तय गर्नेछन् ।
नेपाली काङ्ग्रेसले शान्ति र संविधान सम्बन्धी अभियान थालिसकेको छ भने मधेसी मोर्चा जेठ १४ पछि ठूलो आन्दोलन गर्ने तयारीमा छन् । सरकार बाहिर रहेका दलहरुको मोर्चाबन्दी गर्ने विषयमा समेत बैठकमा छलफल हुने एक नेताले बताए ।
नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम मिलेर बहुमतको आधारमा मस्यौदा तयार पर्ने र संविधान जारी गर्ने षडयन्त्र भइरहेको काङ्ग्रेस, मधेसी मोर्चा लगायतका दलहरुले आशंका गर्दै आएका छन् । त्यस्तो अवस्थामा संविधान च्यातेर आन्दोलनमा जाने अभिव्यक्ति नेताहरुले दिदै आएका छन् ।
No comments:
Post a Comment