नेपाल निजामती कर्मचारी सङ्गठनले न्यूनतम तलब रु १५ हजार तीन सय ७५ हुनुपर्ने माग गरेको छ । सङ्गठनले कर्मचारीलाई आधारभूत आवास, खाजा, शिक्षा, स्वास्थ्यलगायत दैनिक गुजारा गर्न कम्तीमा पनि त्यति रकम आवश्यक पर्नेमा जोड दियो । नेपाल सदस्य रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अभिसन्धिहरूमा श्रमिकहरूको न्यूनतम तलब उसलाई दैनिक रूपमा आवश्यक पर्ने ‘क्यालोरी’ प्राप्त हुने गरी तोक्नुपर्ने उल्लेख गर्दै सङ्घले त्यो लागू गर्न माग गरेको छ ।
राष्ट्रिय योजना आयोगको अध्ययनले पनि प्रतिदिन प्रतिव्यक्ति दुई हजार दुई सय ७९ क्यालोरी आवश्यक पर्ने सुझाव दिएको उल्लेख गर्दै उच्चस्तरीय तलब आयोगले सिफारिस गरेअनुसार तलबभत्ताको व्यवस्था गर्न सङ्गठनले अनुरोध गरेको छ । सबै कर्मचारीलाई महँगीभत्ता समानरूपले प्रदान गर्नुपर्ने, तलबवृद्धिका लागि निजामती सेवा ऐन, नियमावलीमा अवलम्बन गरिएका सिद्धान्त अवैज्ञानिक रहेकाले त्यसलाई परिमार्जन गर्नुपर्नेमा पनि सङ्घले जोड दिएको छ । सरकारी ढुकुटीबाट चार लाख ५० हजार कर्मचारीले तलब लिने गरेका छन्
No comments:
Post a Comment