4/26/2011

रेवती त फर्किइन् अरू कहिले फर्केलान् ?

शालिकराम आचार्य
ओमानमा लामो समयदेखि बिचल्लीमा परेकी रेवती नेपाली आगामी अप्रिल २९ मा नेपाल फर्कंदैछिन् । उनलाई हवाई टिकेट सगरमाथा समूह ओमानले प्रदान गरेको हो । रेवती बिगत २ महिनादेखि ओमानको सोहारबाट पीडित अवस्थामा फेला परेकी थिइन् ।

ओमानमा उनी जस्ता करिब २० जना नेपाली महिलाहरु अहिले पनि विभिन्न ठाउँहरु तथा थुनामा रहेका छन् । उनीहरुको उद्धारको लागि सबै संघसंस्थाहरुले नेपाली निकायमा आग्रह गरेपनि सरकारी निकाय र नेपाली दुतावास साउदी अरबका कर्मचारीहरुबाट भने कुनै जवाफ आएको छैन ।
साउदी अरवमा नै अलपत्र पर्नेका लागि त साउदी दुतावासले वास्ता नगरेको थुप्रै उदाहरणहरु चर्चामा आइरहदा साउदीबाट टाढा रहेको ओमनबारे त्यहाँका कर्मचारीलाई के को वास्ता हुन्थ्यो ? । सरकारको घैटोमा घाम नलाग्नाले ओमानमा दूतावास खुल्न सकेको छैन र समस्या दिनप्रतिदिन बढ्दो छ ।

No comments:

Pages