4/28/2011

एमालेलाईचरी प्यारो

कुख्यात डन दिनेश अधिकारी उर्फ चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रधानमन्त्री झलनाथ खनालको दलका कार्यकर्ताले पृथ्वीराजमार्ग अवरुद्ध पारेका छन्। डन चरी रिहाइको माग गर्दै एमाले कार्यकर्ताले पृथ्वीराजमार्गको मलेखु सडक खण्ड अवरुद्ध पारेका हुन्। अपराधिक पृष्ठभूमिका चरी एमाले धादिङ क्षेत्र नं।१ का उपाध्यक्ष समेत हुन्। चरी सहित ११ जनालाई प्रहरीले हिजो थानकोटबाट पक्राउ गरेको थियो।धादिङमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा चरी समूह प्रहरीको फन्दामा परेको थियो। उनीहरुले आफ्नो पार्टीलाई सघाए बापत ३ प्रतिशत रकम पाएको प्रहरी बयानमा जनाएका छन्।पक्राउ परेको चरी समूहबाट प्रहरीले तरबार, खुकुरी र २ गाडी नियन्त्रणमा लिएको थियो।उर्जामन्त्री गोकर्ण विष्टमाथि भएको आक्रमणमा समेत चरी समूहको संलग्नता भएको हुनसक्ने प्रहरी अनुमान छ। उक्त घटनामा प्रहरी खोजी सूचिमा रहेका जोहन गुरुङ चरी समूहबाट पक्राउ पर्नुले प्रहरी शंकालाई बल मिलेको छ।डन चरी सहित पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको छ।धादिङको खहरे घर भएका चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन्। त्यही विषयलाई आधार मान्दै एमाले कार्यकर्ताले राजमार्ग अवरुद्ध पारी उनको रिहाइको माग गरेका हुन्।Wasting Light

No comments:

Pages