तिब्बतको जेलमा ३५ नेपाली विभिन्न अभियोगमा बन्दी रहेको खुलासा भएको छ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले जिल्ला प्रशासनमार्फत जेलमा रहेका नेपालीका आफन्तलाई जानकारीसहितको प्रतिवेदन पठाएपछि यस सम्बन्धमा जानकारी भएको हो ।
दूतावासको प्रतिवेदनअनुसार तिब्बती जेलमा रहेकालाई २ देखि १८ वर्षसम्म कैद सजाय तोकिएको छ । केहीले आजीवन सजायसमेत पाएका छन् । उनीहरूलाई लागू पदार्थ ओसारपसार, मान्छे सीमापार गराएको, वन्यजन्तुको तस्करी, लुटपाट र अवैध व्यापारमा संलग्न रहेको आरोप लगाएको छ । सीमापार गर्ने पत्र नभएका दोलखा चरिकोटका मिजु शेर्पालाई दुई वर्ष कैद तोकिएको छ । लागू पदार्थ ओसारपसार आरोपीलाई सबैभन्दा बढी सजाय तोकिएको छ । यस्तो मुद्दाका अभियुक्तलाई १५ देखि १८ वर्ष जेल तोकिएको छ । मानव सीमापार गराएको आरोप लागेकाले ६ देखि ७ वर्ष सजाय पाएका छन् । एक लागू पदार्थ र दुई तस्करीमा संलग्नलाई आजीवन कारागारको सजाय तोकिएको छ । नेपालमा रहेका आफन्तसँग महिनाको एकपटक टेलिफोनमा कुराकानी गर्न पाउने व्यवस्था, बिरामीलाई समयमै उपचार र जेलभित्र काम गरेबापत पारिश्रमिक दिने व्यवस्थाका लागि तिब्बती जेलमा रहेका नेपालीहरुलेल्हासास्थित नेपाली महावाणिज्यदूतावास समक्ष नेपाल सरकारलाई अनुरोध गरेको उल्लेख छ ।

No comments:
Post a Comment