4/26/2011

बन्द गरेर संविधान लेखिन्छ कामरेडहरू ?

संविधानसभाको म्याद एक महिना मात्र बाँकी रहँदा पनि सभासदहरुले सबिधान बनाउन कुनै तदरुकता नदेखाएको भन्दै विभिन्न संगठनले आज बन्द आव्हान गरेका छन् । नेवाः स्वयत्तः माच र ताम्सालिङ संघर्ष समितिले नेवाः र ताम्सालिङ बन्द आव्हान गरेको छ भने अन्य संगठनले नेपाल बन्द गरेका छन् ।
सघींय लोकतान्त्रीक राष्ट्रिय माच थरुहट स्वायत्तः राज्य परिषद हिमाली आदिवासी बौद्ध महासंघ नेपाः राष्ट्रिय परिषद दलित जनजाती पार्टी संघीय लोकतान्त्रीक राष्ट्रिय माच नेवाः राष्ट्रिय पार्टीको आव्हानमा आज नेपाल बन्दको घोषणा गरिएको छ । नयाँ संविधानमा राज्यका हरेक निकायमा पूर्ण सामानुपातिक समावेशी प्रणाली सुनिश्चित गर्न तथा विगतमा सरकारसंग गरेका सम्झौता कार्यान्वयनको माग राख्दै बन्दको आव्हान गरेको बन्दकर्ताहरुले जनाएका छन् । बन्दको काठमाडौमा सामान्य परेको छ । सार्वजनिक सेवा क्षेत्रहरु ठप्प रहेपनि निजी क्षेत्र निर्वाद रुपमा साचालन भएका भएका छन । काठमाडौबाट छुट्ने लामो तथा छोटो दुरीको यातायात शैक्षिक सस्था उद्योग धन्दा प्राय सबै बन्द भएका छन । निजी सवारी साधन भने सामान्य रुपमा साचालन भएका प्रहरीले जनाएको छ । मुलुकका ठुला शहरहरु पोखरा बिराटनगर वीरगज सुर्खेत लगायतमा बन्दको प्रभाव सामान्य रुपमा परेको प्रहरीले बताएको छ ।

No comments:

Pages