4/26/2011

‘चरी’ पिँजडामा


गुन्डागर्दी गर्दै हप्ता असुली गर्ने डन दिनेश अधिकारी ‘चरी’ लाई प्रहरीले पक्राउ गरेको छ । धादिङमा १७ करोड रुपैयाँ बराबरको टेन्डर मिलाएर फर्किने क्रममा प्रहरीले थानकोटबाट तरबार, खुकुरी, २ गाडीसहित उनी र उनका सेनाहरूलाई पक्राउ गरेको हो ।


एमाले नेता एवं ऊर्जा मन्त्री गोकर्ण बिष्टमाथि खुकुरी
हानेको घटनामा समेत उनी संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले उक्त घटनामा खोजी गरिरहेका जोहन गुरुङ पनि समातिएका छन् । चरीको संलग्नताबारे अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले बताए ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको छ । उनीहरू हातहतियारसहित त्यहाँ पुगेर १७ करोडको टेन्डरमा ३ प्रतिशत सेयर आफ्नो बनाएर फर्किंदै थिए ।
धादिङको खहरे घर भएका चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन् । चरी आपराधिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । गोलीकाण्ड, फिरौती र लुटपाटलगायतमा संलग्न उनले काठमाडौं परिसरमा एसपी रमेश खरेल हुँदा आत्मसमर्पण गरेका थिए । उनी विभिन्न अभियोगमा ७ महिना जेल बसेर छुटेका थिए ।

No comments:

Pages