4/27/2011

प्रधानमन्त्रीको राजीनामा ओलीले गराउने रे !

विराटनगर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आगामी जेठ १४ गतेसम्म शान्ति र संविधान निर्माण पूरा नगरे प्रधानमन्त्रीलाई राजीनामा गराउने बताउनु भएको छ । राष्ट्रिय सहमती कायम गरेर शान्ति र संविधान पुरा गर्छौ भनेर सरकार बनेको हो भन्दै ओलीले त्यसो गर्न सकेन भने पार्टीले राजिनामा गराउने बताउनुभएको छ ।

माओवादीका लडाकूको कुटपिटले घाइते केराबारीका एमाले कार्यकर्ताको स्वास्थ्यस्थिति बुझ्न विराटनगरस्थित न्यूरो अस्पताल पुगेका एमाले नेता ओलीले आफूहरु जेठ १४ गतेभित्रै शान्ति र संविधान निर्माणको पक्षमा रहेको बताउनुभयो । ओलीले जेठ १४ मा संविधानको मस्यौदा जारी गरि संविधानसभाको म्याद थप्ने तयारीप्रति असन्तुष्टि जनाउदैभन्नभयो( ‘संविधानको मस्यौदा जारी गर्ने, संक्षिप्त जारी गर्ने, खेस्रा जारी गर्ने यस्तो पनि हुन्छ रु’
प्रधानमन्त्री खनालप्रति कटाक्ष गर्दै नेता ओलीले सरकारको अर्जुनदृष्टि शान्ति र संविधान हो भनेर मात्रै नहुने बताउनु भयो । ’घरको टाटी बाँध्न नसकेकाले शान्ति र संविधानलाई अर्जुन दृष्टि बनाएर के नै गर्न सक्छ र, आकाश, पाताल त बाँध्न सक्दैन,’उहाँले भन्नुभयो ।

No comments:

Pages