5/09/2011

अब १सय ३ दिन बन्द हुने

नयाँ बन्ने संविधानमा आफ्नो समूदायको अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै क्षेत्री समाज नेपालले आज राप्ती अञ्चलबन्द गर्यो । बन्दका कारण दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्लाका जनजीवन प्रभावित भए । बिहानैदेखि  सवारी साधन चल्न सकेका छैनन् भने पसल, बजार , शिक्षणसंस्था र कलकारखाना ठप्प छन् ।
नेपालमा १ सय ३ जाति छन् र सबैले अब बन्ने संविधानमा आफूहरूको हक अधिकार सुनिश्चित हुनुपर्ने माग गरिरहेका छन् । संविधान बन्ने नबन्ने ठेगान नभएको अवस्थामा माग राख्दै बन्द गर्दै गर्नाले सर्वसाधारण हैरान भइसकेका छन् । अब यस्तै चाला हो र सबै जातिले बन्द गर्ने हो भने १ सय ३ दिन बन्द हुने निश्चित छ ।

No comments:

Pages