5/09/2011

कोरियामा ६ कामदार चर्चको शरणमा

रोजगारका लागी दक्षिण कोरिया गएका
एक नेपालीलाई कम्पनीका मालिकले मरणासन्न हुने गरि पिटेका छन् । दश महिनाअघि  कोरिया पुगेका कास्की पोखराका छब्बीस बर्षीय नेत्रबाहादुर गुरुङलाई उनी कार्यरत कम्पनीका मालिकले यसरी पिटेका हुन् । कोरियाको ईच्छन क्षेत्रको बूजा कृर्षिफार्ममा काम गर्दै आएका गुरुङलाई काम गरिरहेको अवस्थामा कम्पनीका मालिक ओ न्जिमीनले समय सकिन लाग्दा पनि काम नसकेको भन्दै पिटेको पिडीतले बताएका छन । अरुबेला पनी हातपात गर्दै आएका ओन्जिमीनले गुरुङलाई कठालोमा समाति मुक्का प्रहार गरेका थिए । लगातारको मुक्क प्रहारपछि उनी बेहोस भई ढलेका थिए उनलाई उद्धार गर्न गएका अन्य कामदारलाई समेत मालिकले हातपातको प्रयास गरेका थिए । गुरुङ हाल स्थानीय हस्पिटलमा उपचार गराई चर्चको शरणमा छन्
उता, गुरुङसँगै काम गरिरहेका अन्य चारजाना नेपाली कामदारलाई समेत कम्पनी मालिकले काम नदिई बिचल्ली बनाएका छन् । यसरी बिचल्लीमा पर्नेहरुमा सुर्यकुमार श्रेष्ठ सिन्धुपाल्चोक, बखत धन आले तनहु, किरण देव श्रेष्ठ दाङ र बाबुराम बस्तोला पोखरा रहेका छन् । काम नदिई खान बस्न समेत नदिएका कारण आफूहरु चर्चमा शरण लिन पूगेको सूर्यकुमार श्रेष्ठले बताए । उद्धारको लागि कॊरियास्थित नेपाली दूतावास र
बिभिन्न संघसस्थालाई अनुरोध गर्दा कुनै चासो नदॆखाएको पीडितहरुलॆ बताएका छन् ।

No comments:

Pages