5/13/2011

रोकिएन युवा विदेशिने क्रम

रुकुम । दस वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलोका रूपमा चिनिने रुकुम जिल्लामा शान्तिप्रक्रियाको रूपान्तरणपछि पनि रुकुमेली युवा विदेशिने क्रम रोकिएन ।
सशस्त्र द्वन्द्वपछि रोजगारीका अवसरहरू आफ्नै गाउँ ठाउँमा प्रसस्तै होलान् भन्ने लागेको थियो तर पहिलेको भन्दा खासै फरक परेन मलेसिया जान लागेका रुकुम गरायलाका नैनवीर पुन बताउँछन् । उनले थपे आफ्नै गाउँ ठाउँमा काम पाइएको भए ऋण लिएर विदेशिनु पर्ने थिएन । एक तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालबाट भारत बाहेकका मुलुकमा हरेक दिन ७७० युवा कामको खोजीमा नेपाल छाड्ने गरेको पाइएको छ भने १५ लाख बढी युवा विश्वका विभिन्न ठाउँमा कार्यरत छन् त्यस्तै यो सङ्ख्याभन्दा बढी सङ्ख्यामा भारत जाने गर्दछन् ।
तर भारत जाने नेपालीको खास हिसाबकिताब न त नेपालको श्रम विभागसँग छ न त भन्सार कार्यालय नै यसतर्फ चासो देखाएको छ । अब बन्ने नयाँ सविधानमा बेरोजगार युवाको समस्यालाई कसरी समेटेर लैजाने र बेरोजगार युवालाई रोजगार भत्ता र रोजगारीको ग्यारेन्टीजस्ता सवाललाई समेटेर लैजाने रुकुम क्षेत्र नं १ का सभासद् जुनकुमारी रोकाले बताउनुभयो । रुकुमको माथिल्लो भेगका जनताका लागि विभिन्न विषयमा विज्ञहरूसँग छलफल तथा अनुसन्धान भइरहेको सभासद् रोकाले बताउनुभयो ।

No comments:

Pages