स्वास्थ्य पसल नामले कुख्याती कमाएका निजी अस्पतालले किरामीको उपचारको नाममा ब्रम्हलुट मच्चाएको सबैलाई थाहा भएकै कुरा हो ।
अझ ती अस्पतालका कर्मचारीहरूले विभिन्न माग राखेर गर्ने हड्तालले ति कर्मचारीहरू कतिसम्म लाचार हुन्छन् भन्ने प्रष्ट पार्दछ ।
यसको पछिल्लो उदाहरण हो अल्का अस्पताल । आन्दोलनका कारण अल्का अस्पताल जावलाखेलको उपचार सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । निष्कासित कर्मचारीको पुनर्बहाली गर्नुपर्ने माग गर्दै अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका कारण अस्पताल दुई दिनदेखि तनावग्रस्त बनेको छ । अस्पतालका फिजियो थेरापिष्ट अमरेन्द्र झा र एम्बुलेन्स चालक मेघनाथ चौलागार्ईको पुनर्बहाली तथा सञ्चालक समितिका पदाधिकारीको राजीनामाको माग गर्दै हिजोबाट अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण ईमर्जन्सी सेवा बाहेक सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पताल र कर्मचारीको मामिला भए पनि आफूहरूले पैसा तिरेर बिरामी भर्ना गरेको र केही बिरामीको शल्यक्रिया भएको अवस्था हँुदा आफूहरूले तनाव झेल्नु परेको बिरामीका आफन्तले गुनासो गरेका छन् । निष्कासनमा परेका अस्पतालको स्वतन्त्र स्वास्थ्य श्रमिक संघका अध्यक्ष मेघनाथ न्यौपानेले निष्कासित कर्मारीको पुनर्बहाली र पदाधिकारीको राजिनामा नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो । अल्का अस्पतालका अध्यक्ष कुमार थापाले अस्पतालको सामान्य विवाद भएकाले बिरामीको मर्कालाई ध्यानमा राखी विवादको चाँडै समाधान खोजिने बताएका छन् तर उनमको कुराको विश्वास गर्ने कुनै आधार छैन ।
No comments:
Post a Comment