रमिला नेपाल
भनिन्छ , प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिन्छ । तर बिडम्बना नेपालको , यहां प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिनुको साटो , भएका गनिएका पूराना नेताहरू समेत गनाउन थाल्दछ । जनताले जून कुराहरूको परिबर्तन र सुधारको निम्ती उनीहरूलाई पत्याएका हुन्छन् । सत्तामा पुगेपछी त्यसको ठिक बिपरित कार्यहरू गर्न थाल्दछन् ।
परिबर्तन र सुधार त कता हो कता । अझ पुरानालाई पनि माथ गर्ने किसिमका प्रबित्तिहरू देखा पर्न थाल्दछ । यो लेख त्यही पात्रहरू र प्रबित्तिको फेरस्ती ..................... भनिन्छ , प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिन्छ । तर बिडम्बना नेपालको , यहां प्रत्येक कन्ति पछि महान नयां नेताहरू जन्मिनुको साटो , भएका गनिएका पूराना नेताहरू समेत गनाउन थाल्दछ । जनताले जून कुराहरूको परिबर्तन र सुधारको निम्ती उनीहरूलाई पत्याएका हुन्छन् । सत्तामा पुगेपछी त्यसको ठिक बिपरित कार्यहरू गर्न थाल्दछन् ।
नेपाली राजनीतिमा माधब नेपाल , केपी ओली , झलनाथ खनाल परिचित पात्रहरू हुन् । अझ भनौ , यि पात्रहरू बिना नेपालको राजनीति अधूरो र अपूरो हुन्छ । माधव नेपाल कुनै समय प्रधानमन्त्री थिए । ओली उनका प्रमुख सहयोगी तर झलनाथ खनाल प्रमुख प्रतिद्धन्दी । यिनीहरू बिच एउटा समानता छ । त्यो हो , एमाले पार्टि । यिनीहरू एमाले पार्टीका वरिष्ट नेताहरू हुन । झलनाथ खनाल त पार्टिको अध्यक्ष पनि हो । आफ्नो पार्टिको वरिष्ट नेता प्रधानमन्त्री हुदा त्यस दलका अध्यक्षले सबै किसिमको समर्थन र सहयोग गर्नु पर्ने राजनैतिक मूल्य मान्यता हुन्छ । त्यती मात्र हैन , एउटा पार्टिको कार्यकर्ताको हैसियतले पनि उनको सहयोगको दायित्व हुन्छ । तर न उनले त्यस समय अध्यक्षको भूमिका निर्बाह गरे , न साधारण कार्यकर्ताको ।
त्यस्तै , दलगत राजनीतिमा प्रमुख प्रतिपक्षको ब्यबस्था गरिएको हुन्छ । जो सत्ता बाहिर रहेर , सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको बिरोध गर्ने गर्दछन् । तर यहां प्रमुख प्रतिपक्षलाई समेत माथ गर्ने किसिमले , आफ्नै पार्टिका अध्यक्षले , आफ्नै पार्टिका बरिष्ट नेता प्रधानमन्त्री रहेको सरकारको राम्रो नरामे कामको बिरोध गर्यो । उनले शान्ति र संबिधानको निम्ती बृहत सहमतिय सरकारको नारा दिए । आफै अध्यक्ष रहेको पार्टि र त्यसका बरिष्ट नेताहरूलाई भन्दा अन्य पार्टिहरू र त्यसका बरिष्ट नेताहरूलाई बिश्वास गरे । गोप्य सम्झौताहरू गरे । अन्तत आफ्नै पार्टिको सरकार ढालेर आफू प्रधानमन्त्री भए । आज आएर एक पक्षिय रुपमा आफ्नै पार्टिलाई समेत जानकारी नदिई संबिधानसभाको म्याद एक बर्ष थप्ने प्रस्ताब ल्याएको छ । अब भन्नुस , कहां गयो त्यो बृहत सहमतिय सरकारको नारा ? शान्ती र संबिधान मूल एजेन्डा रे , यो सरकारको ?
अनी , आज आएर झलनाथ खनाल भन्दैछन् । मलाई अगाडी देखी नै पार्टि भित्र र बाहिरबाट सहयोग भएन । अब भन्नुुस , यो कस्तो प्रबित्ती हो ? जस्तो रोप्यो , उस्तै फल्छ , त्यो भनिरख्नु पर्ने कुरा नै हैन । के सुन्तलाको बोटमा कागती फल्छ ? साच्चै , यो एमाले भन्ने पार्टि कस्तो हो ? यस पार्टिका नेताहरूको चरित्र के हो ? यस्ता नेताहरूले नेपालको राजनीतिलाई कहां पुर्याउला ? के तपाई अनुमान गर्न सक्नु हुन्छ ?
साहेद , तपाईले रेसलिङ्ग खेल हेर्नु भएको हुनुपर्दछ ? जून हेर्दा ज्यादै रोचक र बास्तबिक झै लाग्छ । तर त्यो बास्तबिक हुदैन । उदाहरणको निम्ती गोप्य सहमती , गृहमन्त्रालयको सन्दर्भमा नेपाल , ओली र खनाल बिचको बिबादलाई लिन सक्छौ । बक्तब्यबाजीमा त राजिनामा समेत लिन सकिने भनिएको थियो । तर खै आज के भयो ? तपाईलाई याद हुनुपर्दछ , झलनाथ खनाललाई प्रधानमन्त्रीका लागी प्रस्ताब गर्ने ब्यक्ति ओली नै हुन् । तर आज आएर झलनाथ खनाललाई प्रधानमन्त्रीका लागी प्रस्ताब गर्नु आफ्नो गल्ती भएको भन्दै आत्मालोचना गर्दैछन् ।
यि सबै रेसलिङ्ग खेलका दृष्यहरू हुन् । यस्ता अबास्तबिक खेलहरूबाट हामी सम्पूर्ण नेपाली जनताहरू पूर्ण खवर हुनपर्दछ । हामीलाई महङ्गो संबिधानसभा रुपी रेसलिङ्ग खेलको टिकट भिडाएर , यिनीहरू रोचक खेलहरू देखाई रहेका छन् । आज त्यसको मूल्य हामी बिभिन्न रुपमा चूकाई रहनु परेको छ । चर्को महंगी , भष्टाचार , अभाब । धारामा पानी आउदैन , लोडसेडि¨ छ । उधोग धन्दा चलेका छैनन् । रोजगारी छैन । वित्त बजार निरासाजनक छ । बैङ्कहरूको अबस्था नाजुक छ । युवाहरू बिदेश पलाएन भएका छन् । शिक्षित बेरोजगार दिन प्रति दिन बढेको छ , आदी ।
बास्तबमा यिनीहरू राजनैतिक ठगहरू हुन् । यिनले देश र जनतालाई ठग्ने काम मात्र गरिरहेका छन् । गोप्य सहमती , गृहमन्त्रालयको कुरा त सिद्धिएको छ । आज संबिधानसभाको भ्याद एक बर्ष थप्ने प्रस्ताब आफ्नै पार्टिलाई समेत बेवास्ता गर्दै मन्त्रिपरिषदले गरिसकेको छ । यस अबस्थामा अर्को पक्षले देखाउने गरेको क्यिाकलाप हेर्न लायक छ । बिगतमा आफ्नो पार्टिबाट नै बिरोध , प्रतिपक्षको भन्दा बढि र चर्को देखिन्थ्यो । प्रतिपक्ष तिन छक पथ्र्यो र आफै सेलाएर जाने गर्दथ्यो । तर यसपाली त्यसको ठिक बिपरित भएको छ । सधै बाघ आयो बाख लग्यो भनेर झुक्याउने फटाह गोठालो आज साच्चि कै बाघको फन्दामा परेको छ । प्रतिक्षा गरौ , समय संगै सबैको परिचय खुल्दै जानेछ ।
अबको दिनमा यहां जे जस्तो राजनैतिक घटनाहरू हुन्छन् । ति सबै रेसलिङ्ग खेलका दृष्यहरू भन्दा फरक हुदैनन् । केबल जनतालाई बेबकुफ बनाउन रचिएका झूठा राजनैतिक चालहरू मात्र हुन्छन् । बास्तबमा उनीहरूको अन्तिम उदेश्य भनेको सत्ता र भत्ता मात्र हो । त्यसैले अब हामी सर्तक हौ । यिनीहरूका गलत क्यिाकलापको बिरोध गरौ । सम्भाबना छ , यसपाली पनि बिगतमा झै संबिधानसभामा सभासदहरू भेडाबाखझै किनबेच हुने । त्यस्ता कुराहरूबाट मूलाङ्कन गरौ । आखिर , हामीहरूले दिएको भोटको सदुपयोग यिनीहरूले कसरी गर्दैछन् ?
हामी त भन्दछौ । अब रेसलिङ्ग खेल देखाउन बन्द गर्नुहोस । लोकतन्त्रमा बिकल्प छैन भन्नु हुन्छ भने , त्यो तपाईको मुर्खता हो । सक्नुहुन्छ , भने यो संबिधानसभाबाट संबिधान बनाउनु होस् । सक्नु हुन्न भने बिघटन गर्नुहोस । लोकतन्त्रमा बिकल्पहरू धेरै हुन्छन् । तपाईले आफ्नो बिकल्प , आफै मात्र देखे झै संबिधानसभाको बिकल्प नदेख्नु , त्यो तपाईको मुर्खता हो । त्यो मूर्खता हामी माथी लाद्ने प्रयास नगर्नु भएनै बेश हुन्छ । फगत झूठा , अल्पज्ञानी , स्वार्थी कुराहरूलाई भाषणको रुपमा प्रस्तुत गरेर यदि नेता सर्बज्ञानी बन्दछ भन्ने तपाईको सोच हो भने , त्यसलाई हामी महामूर्खता र पाखण्ड बाहेक अरु केही भन्न सक्दैनौ ।
त्यसैले होसियार नेपाली जनताहरू , ओलीको बोलीको भर नपरौ । बृहत सहमतिय सरकार , शान्ति र संबिधान , अर्जुनदृष्टि जस्ता चिल्ला शब्दहरूको पछि नपरौ । बेलैमा रेसलिङ्ग खेलका पात्रहरूलाई चिनौ , दृष्यहरूलाई बुझौ , धन्यबाद ।
No comments:
Post a Comment