गैरआवासीय नेपाली संघ एक गैर राजनितिक, नाफा रहित सामाजिक संस्था हो,
गैरआवासीय नेपाली संघसंग प्रत्यक्ष सरोकार राख्ने क्रियाशील व्यक्ति व्यक्तित्व र संघसंस्थाहरुको सामूहिक छलफल, अन्तर संवाद र अन्तरक्रिया गरेर साझा मुल्य मान्यतालाई सहमतिका आधारमा तय गरि विस्तृत आचार संहिताको दायरामा ल्याई आसन्न एनआरएन पोर्तुगलको अधिवेशन गर्न गराउन आजको आवस्यकता नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगल ठाने को छ।
गैरआवासीय नेपालीहरुको एक मात्र साझा र पवित्र संस्थामा खास गरि ति राजनितिक दलका भाइचारा संगठनहरुले एनआरएनको मुल्य र मान्यता विपरित अघोषित रुपमा कब्जा जमाउन खोज्ने प्रवृति एनआरएनको मुल्य मान्यता र तिनका आदर्शलाई आत्मसात गर्ने हो भने त्यो पटक्कै नसुहाउने विषय हो भन्नसमेत ठहर गर्दै आगामी अधिवेशन कुनै प्यानल र मोर्चा बनाएर नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगल सहभागी नहुने कुरा मंचको आधिकारिक धारणा मंचका अध्यक्ष रामबहादुर गौचनले सार्बजनिक गर्नुभएको छ।
एनआरएन पोर्तुगलको आगामी तेश्रो अधिवेशनको मिति तोकि सकेको छ र संस्थाले निर्वाचन कार्यक्रम र र्सार्वजनिक गरि सकेको छ। प्रवाशमा रहने नेपालीहरुको साझा संगठन एनआरएनको घोषित यस कार्यक्रमलाई पोर्तुगलका आम नेपालीहरु र यहांका संघसंस्थाले महत्वका साथ चासो दिन थालेका छन्। एनआरएनको आगामी अधिवेशन प्रति चासो मात्र हैन केहि संघसंस्थाहरुले गृहकार्य गर्न समेत थालि सकेको चर्चा सुन्नमा आएको छ। चर्चा परिचर्चा र तयारी आफैमा गलत अवस्य पनि हैन।
एनआरएनको सर्न्दर्भमा सबै भन्दा बढि चासो दलीय राजनितिक भाइचारा संगठनहरुलाई हुने गर्दछ। दलीय आस्थामा संगठित संघसंस्थाले एनआरएनमा बढि सक्रियता देखाउनुलाई स्वभाविक मान्नेको जमात अपेक्षाकृत बढि देखिएता पनि एनआरएनको मुल्य मान्यता र तिनका आदर्शलाई आत्मसात गर्ने हो भने त्यो पटक्कै नसुहाउने विषय हो भन्न करै लाग्दछ। अझ एनआरएनको अघिल्लो प्रवृत्तिलाई निरन्तरता र बढावा दिने हो भने त आगामी अधिवेशन सफल नहुने कुरामा पोर्तुगलवासी नेपालीको दुइ मत छैन भन्ने कुराको मनन गर्दै नेपाली जनप्रगतिशिल मञ्च पोर्तुगलले समपुर्ण नेपाली दाजुभाइ दिदिवहिनीहरुलाई सहमतिका लागि जोड दिन सबैमा दवाबको सीर्जना गर्न समेत मंचले हार्दिक अनुरोध गरेको कुरा मंचका केन्द्रीय सचिबालय सदस्य गोबिन्द दाहालले जानकारी दिनु भएको छ।
गोबिन्द दाहाल, पोर्तुगल

No comments:
Post a Comment