यसैगरी दर अल शार्कको प्रिन्टिङ प्रेसमा कार्यरत युवाहरूको पहलमा चेली मिश्रको उपचारका लागि आर्थिक सहयोग पठाइएको छ ।
ती युवाहरूद्वारा संकलित रकम १६ हजार १ सय ९३ रुपैयाँ उनकी आमा निशा मिश्रको नाममा आइएमईबाट गत १४ मेमा पठाएको हाम्रा सहकर्मी राजमणी खतिवडाले जनाएका छन् । सो सहयोगका लागि दर अल शार्क र अन्य कम्पनीमा कार्यरत सहकर्मीहरूप्रति झापा पथरिया दल्कीका राजमणी खतिवडाले कृतज्ञता जनाएका छन् ।साहित्यकारद्वारा सहयोगः
यसैगरी अनेसास र नवोदित मोवाईल पुस्तकालयद्धारा आयोजना गरिएको दोस्रो कविता वाचन कार्यक्रममा उपस्थित साहित्यकारहरुद्धारा मुटुरोग पिडीत नेपाली चेली निशा मिश्राको सहयोगार्थ रकम संकलन गरिएको छ । सो अवसरमा १ हजार २ सय ७२ कतारी रियाल संकलन गरिएको थियो । सो रकम नियोगका द्धितीय सचिव जय वहादुर राईले सहयोग संकलन अभियानको अगुवाई गरेका लक्ष्मण खतिवडालाई हस्तान्तरण गरेका छन् । सो सहयोग गर्ने साहित्यकारहरुमा राज कुमार पुत्ला, दीपक भेटवाल, प्रवासी नेपाली साँगितीक परिवार, नविन लामा, प्रवासी आगो साप्ताहिक, श्रीकृष्ण राजवंशी, तिर्थ संगम राई, राजेश्वर ढकाल, चर्चित ढुंगेल, सन्तोष निरौला, हेमन्त परदेशी, दिप्स साह, भानु सुनवार, अतृप्त कमल, महेन्द्र वियोगी गुरुङ्ग, वेदनाथ पुलामी, महेश्वर नेपाल, प्रेम लामा, संगालो, सरोज थापा, भोजराज दाहाल लगायत छन्। ।
No comments:
Post a Comment