5/17/2011

कोरियन सरकारको धडपकड र हाम्रो वास्तविकता

सन्तोष श्रेष्ठ
आज भन्दा करिब चार दशक अधिको मात्र कोरियाको इतिहासलाई हेर्ने हो र अहिलको स्थितिलाई तुलना गर्ने भने एउटा चमत्कारिक कुरा जस्तो लाग्छ ।

मलाई लाग्छ यसको एउटै मात्र कारण हो अनुशासन इमान्दारीता र लगनशीलता । जसको कारणले गर्दा विश्वको दशौं स्थानमा पर्न गएको छ । आज भन्दा करीब दुई दशक अगाडीबाट यो देशमा नेपालीहरुले पनि पाइला टेकेका हुन् र त्यो वेलामा नगन्य मात्रामा रहेका नेपाली र झेल्नु परेका दुःख कष्टका क्षणहरु हेरेर अहिले धेरै हदसम्म सजिलो भएको अग्रज साथीहरुबाट सुन्न पाइन्छ ।

अहिले आएर विश्वको रोजगारी मुलुकहरुको दाँजोमा कोरिया राम्रो गन्तव्य हुन गएको छ । जसको कारणले नेपालमा यस मुलुकबाट राम्रो रेमिटेन्स भित्रिएको छ । जसले गर्दा परिवारको उन्नति र प्रत्यक्ष अप्रत्यक्ष रुपमा राष्ट्रलाई टेवा पुगेको छ । ब्याक्ति सक्षम भए समाज सक्षम हुन्छ समाज सक्षम भए राष्ट्र सक्षम हुन्छ । तर अहिले आएर जति जति संख्यामा नेपालीहरुको चाप हुन थाल्यो त्यति त्यति नराम्रो विकृतिहरु देखा पर्न थालेका छ जसको कारणले कोरियनहरुले नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा नकरात्मक प्रभाव परेर गएको देखिन्छ ।

केहि महिना मात्र अगाडिको कुरा हो जुन समाचारमा पनि आएको थियो । केही नेपाली समुहहरुले नेपालको अनाथ बालबालिकाहरुको नाम बेचेर उठाएको
चन्दा संकलन त्यस्तै गरी गैरकानुनी रुपमा गरेका हुन्डीका कारोवारहरु र म्यारिज भिसामा आएका नेपाली चेलीहरुको कथा ब्यथाबाट उब्जेका समस्याहरु अनि पछिल्लो समयमा एक नेपालीले कोरियन स्कुले बालिका माथि गरेको दुर्ब्यावहार । यी कोरियामा घटेका वास्तविकताहरु हुन् । त्यसले गर्दा अब कोरियनहरुले नेपालीहरुलाई हेर्ने दृष्टिकोण कस्तो परेको हो हामी आफै बिचार गर्न सक्दछौं ।

कोरियामा अवैध रुपमा नेपालीहरु छन भन्ने कुरालाई हामी नकार्न सक्दैनौं । पछिल्लो समयमा करिब २०० को हाराहारीमा जुन नेपालीहरुलाई कोरियन सरकारले धडपकड गरिसकेको छ । पहिले नै गैरकानुनी रुपमा कोरिया बसेर धडपकडमा परेर फर्केका र पुन ईपीएस मार्फत कोरिया आएका ब्याक्तिहरु समातिएका हुन् जसले पुन कोरिया आउनका लागि बिल्कुल नयाँ पासपोर्ट बनाई नयाँ मान्छे बनेका थिए । यस्तै कुराको जानकारी पाएपछि कोरियन सरकारले यस्ता ब्याक्तिहरुलाई धडपकड गरेका हुन् । नेपालमा नयाँ पासपोर्ट बनाइ इपीएसको लिष्टमा आफ्नो नाम निकालेर कोरिया आउनको लागि अझै छन् भन्ने कुराहरु पनि छन् । 

यस किसिमको कुराले हाम्रो देशको प्रशासन ब्यवस्थामा प्रश्न चिन्ह खडा गरेको छ । कोरियन सरकारले गरेको यस कार्यलाई रोक्न महत्वपूर्ण स्थान दिई सम्वन्धित निकायबाट पहल भएको छ भनिन्छ । यसबाट नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा कस्तो बनेको होला । स्मरण रहोस् दक्षिण कोरिया सुनौलो भविष्य निर्माण गर्ने गन्तव्य स्थान हो । हामी र हामीले गरेको कृयाकलापले गर्दा सुनौलो भविष्यको सपना बोकेर कोरिया आउन लामबद्ध रुपमा बसेका ती नेपालीहरुको सपनामा ठेस नलागोस् । सम्पूर्ण नागरिकहरु हाम्रो देशको प्रतिनिधीका रुपमा रहेका छौं । हामीले कुनै एउटा सानो गल्तीले पनि देशको इज्जतमा धक्का लाग्न सक्छ । बुद्ध जन्मेको हाम्रो देश सगरमाथा भएको देशका नागरिक हौ । बुध्द जस्तो ज्ञानी र सगरमाथा जस्तो शिर बनाएर हिड्न सकौ यसैमा सबैको जय हुन्छ । जय होस् ।

No comments:

Pages