दोहा, कतार । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए–एनसीसी) कतारको यस कार्यकाल (२००९–२०११) को तेश्रो तथा अन्तिम परिषद भेला सम्पन्न भएको छ ।
ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनट मौन धारण गरी श्रद्धान्जिली व्यक्त गर्दै कार्यक्रममा सहभागि सबैले एकै स्वरमा राष्ट्रि गीत गाएर राष्ट्र र मातृभुमी प्रति सम्मान प्रकट गरिएको थियो ।
दोश्रो परिषद भेला पश्चात कार्यसमितिले गरेका कार्यहरुको विस्तृत विवरण कार्यप्रगति प्रतिवेदनको रुपमा महासचिव गुरुङले संस्थाको सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाको आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदनहरु कोषाध्यक्ष पुर्णबहादुर केसीले भेलामा प्रस्तुत गर्नु भएको थियो । स्मरण रहोस एनआरएन सांस्कृतिक सा“झ २०११ कार्यक्रमको आय व्यय विवरणलाई छुट्टै प्रस्तुत गरिएको थियो ।
प्रस्तुत भएका प्रतिवेदनहरु माथिको छलफलमा परिषद सदस्यहरुले सक्रिय रुपमा भाग लिनु भएको थिया । महासचिव गुरुङले सांगाठानिक प्रतिवेदनहरुमा उठेका जिज्ञासाहरुको प्रतिउत्तर दिनु भयो । केहि परिमार्जन सहित प्रतिवेदन पारित गरिएको थियो भने कोषाध्यक्ष केसीले आर्थिक प्रतिवेदन वारेमा परिषद सदस्यहरुले राख्नु भएको जिज्ञासाहरुको प्रतिउत्तर दिनु भएको थियो । एनआरएन सांस्कृतिक सा“झ २०११ कार्यक्रमको आय व्यय विवरणलाई पनि संस्थाको आर्थिक विवरणमा समेटेर एउटै आर्थिक प्रतिवेदनको रुपमा प्रस्तुत गर्ने सुझाव आएकोले सोही बमोजिम बनाई पारित गरिएको छ ।
एनआरएन सांस्कृतिक सा“झ २०११ कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सहयोगीहरुलाई आईसीसी सदस्य तथा कतार प्रतिनिधि प्रज्ञान उदासले एनसीसी कतारको तर्फबाट प्रशंसापत्रद्वारा सम्मान गर्नु भएको थियो । यसरी सम्मानित हुनेहरुमा मिडीया पार्टनरको भुमीकामा रहेर अत्यन्त ठूलो सहयोग पु¥याएको राजधानि अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका लगायत कतारमा स्थापित विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु र कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हुनु हुन्थ्यो ।
त्यसरि नै सांस्कृतिक सा“झ कार्यक्रम प्रायोजन गरि सफल बनाउन सहयोग गर्नु हुने प्रायोजक सहयोगी दाता सागर नेपाललाई अध्यक्ष नरेन्द्र भाटले एनसीसीको तर्फबाट प्रशंसापत्रले सम्मान गर्नु भयो । त्यसै गरि अन्य प्रायोजक सहयोगिहरुलाई भने प्रमुख अतिथि सागर नेपालले एनसीसी कतारको तर्फबाट प्रशंसापत्रद्वारा सम्मान गर्नु भयो । यसरी सम्मानित हुनु हुने प्रायोजक दाताहरुमा क्रमशः बद्रिप्रसाद पाण्डे, ई.कोमल सिंह, हिमाल गिरी, नरेन्द्र भाट, उमेश अधिकारी, टि.बि.कार्की, मक्सुद आलम, आर.के.शर्मा, राज रेग्मी, ई.अर्जुन भट्टराई, महेन्द्र चौलागाई, अजिजुर रहिमान शेष, मोहरम नदाफ, पुर्णबहादुर केसी, राजेशदर्शन अर्याल, लक्षमण खतिवडा, चुडामणी कार्की, पुर्ण पोखरीय लगायत हुनु हुन्थ्यो ।
वैदेशिक रोजगारको शिलसिलामा ६ महिना अगाडि कतार आएकी निशा मिश्र विमारी परे पछि हमाद अस्पतालमा भर्ना भएकी थिईन् । परिक्षणको क्रममा उनको मुटुमा समस्या देखिएकोले डाक्टरले नेपाल लान सिफारिस गरेको बताईएको छ । आर्थिक अवस्था कम्जोर भएकी निशा मिश्रको उपाचारार्थ र उनको सात वर्षे छोराको लालन पालनमा सहयोग मिलोस भनि परिषद भेलामा एनसीसी कतारको तर्फबाट आर्थिक सहयोगको अपिल गरिएको थियो । उक्त दिन उपस्थित परिषद सदस्यहरुको सहयोगमा जम्मा ३ हजार एकासी कतारी रियल संकलन भएको छ । उक्त रकम छिट्टै नै सम्बन्धित परिवारलाई पठाईने बताईएको छ । परिषद सदस्य तथा कतारको नेपाली समाजमा परिचित यूवा समाजसेवी लक्षमण खतिवडाको सक्रियतामा यहा स्थित नेपाली समुदायले उल्लेख्य सहयोग रकम संकलन गरेका छन् । सोही भेलाका अवसरमा कतारमा कार्यरत नेपाली महिलाहरुको तर्फबाट कलाकार तथा समाजसेवी सावित्री गिरीले कतारी रियल १ हजार निशा मिश्रसम्म पु¥याई दिनका लागि लक्षमण खतिवडालाई हस्तान्तरण गर्नु भएको थियो । निशा मिश्र नेपाल फर्किसकेकी छिन् ।
कार्यक्रममा आफनो छोटो मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि सागर नेपालले भेलाबाट एनआरएन अभियानले धेरै उपलब्धि पाएको टिप्पणी गर्नु भएको थियो । आउने दिनमा संघले अरु प्रगति गर्न सबैको सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नु भयो ।
अन्तमा समयाभावका कारण भेलाले तय गर्नु पर्ने केही महत्वपुर्ण कार्यहरु जस्तै निर्वाचन समिति गठन, नया“ कार्यकाल (२०११–२०१३) का लागि परिषद सदस्यता आव्हान, राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने, आदि कार्यसमितिको जिम्मा लगाउदै कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष तथा कार्यक्रमका सभापति नरेन्द्र भाटले सहभागि सबैलाई धन्यवाद दिनु हुदै परिषद भेलाले दिएको जिम्मेवारी वर्तमान कार्यसमितिले कतारवासी नेपालीहरुको भावनालाई समेटेर सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । आजको भेलाले विधानतः यो परिषदलाई विघटन गर्ने भए तापनि अर्को परिषद गठन नहुदा सम्म मौजुदा कार्यसमिति तपाई परिषद सदस्यहरु प्रति पुर्ण रुपमा उत्तरदायी भएको बताउनु भयो । आफनो मन्तव्यको क्रममा यस अवधिमा तपाईहरुले एनसीसी कतारलाई पु¥याउनु भएको योगदानको उच्च कदर गर्दछ । नया“ परिषदको लागि सदस्यता आव्हान भए पछि पुन यहाहरु लगायत अरु नया साथिहरुलाई परिषदमा सहभागि हुन अनुरोध गर्नु हुदै वर्तमान परिषद विघटन भएको घोषणा गर्नु भएको थियो ।
निर्देशिका संशोधन प्रस्तावः
एनसीसी कतारको निर्देशिकालाई शंसोधन गर्नु परेको खण्डमा मौजुदा परिषदको अन्तिम भेलामा प्रस्ताव गर्नु पर्ने प्रावधान छ । त्यसैले निर्देशिकाका केहि दफाहरुमा शंसोधन गर्नका लागि कार्यसमितिले महासचिव बिलबहादुर गुरुङको संयोजकत्वमा सचिव क्रान्ति सिंह र सदस्य प्रेमकुमार बिक सदस्य रहेको तीन सदस्यीय निर्देशिका शंसोधन मस्यौदा तयारी समिति गठन गरेको थियो । सोहि समितिले तयार पारेको मस्यौदा उपर छलफल गर्न महासचिव गुरुङले शंसोधन प्रस्ताव प्रस्तुत गर्नु भयो । साथै परिषद सदस्य होमनाथ सर्माद्वारा पनि केहि बुदाहमा निर्देशिका शंसोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । भेलामा प्रस्तुत भएका शंसोधन प्रस्तावहरु माथिको व्यापक छलफल पछि भेलाले यसको वर्तमान निर्देशिकामा निम्नानुसार शंसोधन प्रस्ताव पारित गरेको छ ।
निर्देशिकाको दफा ७ उपदफा १ मा १८ वर्ष पुगेको र यस निर्देशिकाको दफा ५ बमोजिमको नेपाली राष्ट्रिय पार्षदका लागि योग्य ठहरिने छ भनि संशोधन प्रस्ताव पारित गरिएको छ । त्यस्तै दफा ९ उपदफा १ मा राष्ट्रिय परिषदको साधरण बैठक प्रत्येक ६ महिनामा बस्ने छ । तर कार्यसमितिले विशेष भेला बोलाउने निर्णय गरेमा अथवा राष्ट्रिय परिषदका एक चौथाई सदस्यहरुले अध्यक्ष समक्ष राष्ट्रिय परिषदको बैठक बोलाउन लिखित अनुरोध गरेमा सो मितिबाट ३० दिन भित्र विशेष बैठक बस्ने छ भनि संशोधन प्रस्ताव पारित गरिएको छ । दफा १२ उपदफा १ मा राष्ट्रिय परिषदको अन्तिम बैठकमा दफा ३० उपदफा २ बमोजिमको निर्वाचन समिति गठन गरि राष्ट्रिय परिषद विघटन गरिने छ तर आउने राष्ट्रिय महाधिवेशन भने मौजुदा कार्यसमितिले नै सम्पन्न गर्ने छ भनि संशोधन प्रस्ताव परित गरिएको छ ।
No comments:
Post a Comment