5/17/2011

लिबिया पीडितलाई क्षतिपूर्ति कहिले?

लिबियामा चर्केको आन्दोलनका कारण फर्किएका कामदारहरुले क्षतिपूर्ति पाउने विषयमा कुनै टुँगो नलागे पनि उनीहरुले साथमा ल्याएको लिवियन डिनार साटिने भएको छ ।

मन्त्रिपरिषदको बैठकले उक्त रकम हाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट सटही गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले नोट साटिएमा त्यहिबाट बोर्डलाई सोधभर्ना गर्ने र नसाटिएमा अर्थमन्त्रालयले सोधभर्ना गर्ने निर्णय गरेको छ । कामदारले साथमा ल्याएका झण्डै साढे ३ लाख लिवियन डिनार वैदेशिक रोजगार व्यवसायीहरुले सटहीका लागि  नेपाल राष्ट्र बैंकमा दिएका छन् । राष्ट्र बैंकले सरकारले ग्यारेन्टी नलिएसम्म सटही गर्ने नमिल्ने बताएपछि धेरै कामदारले साथमा ल्याएको रकम साट्न पाएका थिएनन् । बोर्डले मन्त्रिपरिषदको निर्णय आज आइपुग्ने जानकारी दिदैं जति सक्दो छिटो बैठक बसेर रकम सटही सुरु गर्ने जनाएको छ ।
मेनपावर कम्पनीलाई २ लाख सम्म बुझाएर लिबिया गएका कामदारहरु मध्ये कति त ३ महिना पनि नपुग्दै फर्किएका थिए । पीडितहरुले रकम सटही र क्षतिपूर्तिको माग गर्दै आए पनि सरकार र मेनपावर व्यवसायीहरु एकले अर्कालाई जिम्मेवार ठह¥याउँदै पन्छिरहेका छन् । लिबिया पीडितलाई राहत दिन सरकार र व्यवसायी सम्मिलित कार्यदल गठन भएपनि अहिलेसम्म एकपटक बैठक बस्न सकेको छैन । 

No comments:

Pages