प्रेम लामा,दोहा– अनेसास र नवोदित साहित्यिक मोवाइल पुस्तकालयको संयूक्त रुपमा आयोजना गरेको दोस्रो कविता वाचन श्रृंखला कवि चर्चित ढुंगेलको संयोजकत्वमा सम्पन्न भएको छ ।
सो वाचन श्रंखलामा नेपाली नियोगका द्धितीय सचिव तथा साहित्यकार जय वहादुर राई ९जय छाङछा० प्रमुख श्रोताका रुपमा उपस्थित थिए । सो साहित्यिक कार्यक्रमकावारेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालले प्रकास पारे । ‘हामी सवैको यात्रा, उद्देश्य एकै भएपनि एक आपसमा अपरिचित भएको थियौ तर अहिले यही साहित्यिक कार्यक्रमले गर्दा एकै चौतरीमा जम्मा भएका छौं’ उनले भने ।
यसरी नै विभिन्न साहित्यकर्मीहरूले आ–आफना दुखेसो, मनका भावनाहरु अभिब्यक्त गरे । कोही किसान भएर किसानको दुःख ब्यक्त गरे, कोहीले रिस पोखे, भने कोहीले मायालुको सम्झना गरे त कोहीले संविधान नवनेकोमा रोष ब्यक्त गर्दे सभासदहरुलाई ब्यंग्य र गाली गरे । कार्यक्रममा उपस्थित भई कविता वाचन गर्नेहरुमा वद्री प्रसाद पराजुली, तिर्थ संगम राई, महेश्वर नेपाल, हेमन्त परदेशी, राजकुमार पुत्ला, वेदनाथ पुलामी, चर्चित ढुंगेल, अब्दुल रजाक, महेन्द्र वियोगी गुरुङ्ग र सरोज थापा लगायत थिए ।
त्यसैगरी गजल प्रस्तुत गर्नेहरुमा भानु सुनवार, नवराज ढकाल, चर्चित ढुंगेल, सन्तोष निरौला, राजेश्वर ढकाल, श्याम घलान तामाङ, शक्ति क्षेत्री, दीपकराज वंशी, नविन लामा लगायत थिए । भावना प्रस्तुत गर्नेहरुमा नन्द शारु मगर, पूर्ण वेघा र चित्र प्रस्तुत गर्नेमा भीम वहादुर लिम्वु थिए ।
उपस्थित नयाँ सर्जकहरुमा नारायण ढुंगेल, हरी वस्नेत, सरोज गिरी, श्यामराज न्यौपाने, निरज सिलवाल, लोलिन कार्की, अमित वराइली, अर्जुन वराईली, दीपक आचार्य, सूर्य काफ्ले, विजय सुनार, शोभाखर वि।क, दीपक परियार, रमेश परियार, विजेन्द्र खत्री थिए भने साहित्यप्रेमी लक्ष्मण खतिवडाले पनि कार्यक्रममा सहभागिता जनाए ।
धुजा धुजा बन्यो मुटु माया राखि टालि देउन
शिखरैमा चढ्ने मन्छ तगारोलाई ढालि देउन
– भानु सुनुवार भुवन
झुपडीलाई उजाडने त्यो शहर बेइमान भो
महल ठोक्ने बिलाशीको रहर बेइमान भो
– नवीन लामा
कार्यक्रमको प्रमुख श्रोतको रुपमा रहेका नेपाली नियोगका द्धितीय सचिव तथा साहित्यकार जय वहादुर राईले आफू मरुभूमिमा भएपनि मरुभूमिमा नरहेको र आफनै देश नेपालमा रहेको अनूभूति दिलाएको वताउँदै वाचन गरिएका रचनाहरु सवै राम्रो रहेका वताए । दिल्ली, अमेरीका, जर्मनमा रहँदा भन्दा दोहामा साहित्यको चहलपहल राम्रो देखेको अनुभव उनले सुनाए । ‘मरुभूमि पनि यति राम्रो साहित्यको रसमय होला भनेर सोचेको पनि थिइन’ उनले भने ।
आगामी दिनहरुमा पनि यस्तो साहित्यिक कार्यक्रम निरन्तरता दिनुपर्नेमा पनि जोड दिदै उनले ‘शहर के हो ’ ‘मायाको आकार र तिम्रो तस्वीर’ लगायतका कविता वाचन गरेका थिए । संयोजक चर्चित ढुंगेलले उपस्थित नयाँ तथा पुराना साहित्यकारहरुलाई धन्यवादसहित तेस्रो वाचन श्रृंखलाको लागि निमन्त्रणा पस्कँदै कार्यक्रमको विट मारे ।

No comments:
Post a Comment