5/16/2011

यूएईमा एक नेपाली युवकद्वारा आत्महत्या

रोजगारीको शिलशिलामा यूएई आएका एक नेपाली युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
३७ महिनादेखि दुबइस्थित ग्रिन ओयासिस एक्सिस कम्पनीमा वाचमेनको रूपमा कार्यरत खोटाङ– ९ ऐसेलु खर्कका टेकराज वनले आफू कार्यरत स्थलमै झुन्डिएर आत्महत्या गरेका हुन् ।
ग्रिन ओयासिस एक्सिस कम्पनी मार्फत दुबईको अल अविर नादलसिवामा भवन सुरक्षाका लागि(नाथुर)को रूपमा खटिएका टेकराजले ड्युटी समयमै आत्महत्या गरेको सोही कम्पनीमै कार्यरत हरीचन्द्र गिरीले जानकारी दिए । वनको शव दुबइस्थित अल रशिद अस्पतालमा राखेको थाहा हुन आएको छ ।
कम्पनीमै कार्यरत रहेकै स्थितिमा उनले आत्महत्या गरेको भए पनि अस्पताल र प्रहरीको रिपोर्टबाट आत्महत्या भएको प्रमाणित भएकोले कम्पनीले इन्सुरेन्स मार्फतको रकम वा अन्य कुनै पनि आर्थिक सहयोग नगर्ने भएपछि अब वनको शवलाई कसरी नेपाल पठाउने भन्ने बिषयमा कम्पनीमा कार्यरत नेपालीहरू अन्योलमा परेका छन् ।

No comments:

Pages