5/17/2011

कुवेतमा माग बढ्यो

आर.बि.गाउले
कुवेतमा लामो समयपछि नेपालीहरूका लागी अत्याधिक रूपमा रोजगारीको अवसर खुलेको छ । गत बर्षसम्म कुवेतमा नेपालीहरूको संख्या पुग नपुग ४५ हजार रहेकोमा अहिले एक्कासी ६५ हजारको हाराहारीमा नेपाली कुवेतमा रहेका छन् ।
कुवेतको हरेक कम्पनीमा दिन प्रतिदिन नेपालीहरू ओइरिरहेका छन् ।
बङगलादेश लगायत अन्य देशहरूको लागि कुवेत आगमन भिसा बन्द गरेपछि कुवेतमा कामदारको कमी हुन लागेको हो । दिनहु सयौ नेपालीहरू कुवेत भित्रिने गर्छन् जुन अहिलेसम्मको रेकर्डमा अत्याधिक मानिन्छ । नेपाली दूतावास कुवेतलाई कुवेत आउने नेपालीहरूलाई स्वीकृती दिन भ्याइ नभ्याइ छ भने कत्तिले चोरबाटोबाट पनि नेपाली कामदार कुवेत भित्र्याइरहेका छन् । कुवेत सरकारले पनि नेपाली कामदारहरूलाई प्रथमिकताका साथ कुवेत भित्र्याउन अनुमति दिएपछि नेपालीहरूले अवसर पाएका हुन् । अहिले पनि कुवेतमा नेपालीहरू न्युन तलब भत्ता अत्याधिक रकम एजेन्सीलाई बुझाएर आउने क्रम जारी छ ।
बङगलादेशको भिसा ७ बर्षदेखि बन्द छ । भारतले आफ्ना नागरिकलाई कुवेतमा काम गर्न न्युनतम सय कुवेत दिनार तोकेपछि कुवेतका बिभिन्न कम्पनी नेपालीलाई कुवेत भित्र्याउन तम्सेका हुन् । अहिले आएका हजारौ नेपालीहरूको मासिक तलब ४५ कुबेती दिनार रहेको छ र उनिहरूले नेपालमा म्यानपावरलाई ७० जहारदेखि एक लाखसम्म तिरेका छन् । हुन त कुवेतमा तल्लो तहको कर्मचारीदेखि आफ्नो सीप र कौसलताको आधारमा अवसर जहाँ तहीँ देखिएको छ । हरेक कम्पनी व्यवसायमा कामदारको कमीले गर्दा कम्पनी हैरान छन् । अहिले हरेक कम्पनीमा हजारदेखि पन्ध्र सयसम्म नेपाली एक साथ आउन थालेका छन् ।
घरेलु कामदार महिलाहरूको पनि त्यतिकै कमी हुन थालेपछि स्थानीय कुवेतीहरूले एजेन्सीलाई झन्डै डेढ लाख नेपाली बराबर तिरेर कामदार किन्न थालेका छन् । गैर कानुनी रूपमा बसेका सम्पूर्ण प्रवासीहरूलाई आगामी जुलाई ३० सम्म आफ्नो मुलुक फर्कने अवसर दिए पनि आधाभन्दा बढी आफ्नो मुलुक नफर्कने सोचमा बसेका छन् । कुवेतीले महँगो रकम लिएर कयौ इलिगलहरूको भिसा लगाइ दिन थालेपछि कुबेत सरकारले व्यक्तिगत रूपमा भिसा दिन कडाइ गर्न थालेको छ ।

No comments:

Pages