5/17/2011

मानव तस्करका कारण ६सय परिवारमा रुवाबासी

साउदी अरब र छिमेकी मुलुकमा ज्यान गुमाएका करिब ६ सय नेपाली कामदारका परिवार ब्लडमनी क्षतिपूर्ति पाउनबाट वञ्चित छन् ।
साउदीस्थित नेपाली दूतावासको कार्यक्षेत्रभित्र पर्ने साउदी अरब, ओमन, बहराइन र यमनमा हत्या भएका, दुर्घटना र कार्यस्थलमा परी ज्यान गुमाएका कामदारका परिवारले ब्लडमनी नपाएका हुन् ।
ब्लडमनी बिमा कम्पनीले दिनेबाहेकको क्षतिपूर्ति हो, जुन त्यहाँको कानुनअनुसार हो साउदीका लागि कार्यवाहक नेपाली राजदूत पारस घिमिरेले भने, तर त्यस्तो रकम यति नै भन्ने हुँदैन ।
सहमतिमा पीडकले उपलब्ध गराउने भएकाले पीडितका तर्फबाट सकेसम्म धेरै मेहनत गर्नुपर्छ । त्यहाँको कानुनमा हत्यामा परेका, सडक दुर्घटना र कार्यस्थल समयमा वा काम गर्दैगर्दा मृत्यु भएको खण्डमा ब्लडमनी पाउने व्यवस्था छ ।
दस वर्षअघि मृत्यु भएकाका परिवारले समेत अझै रकम पाएका छैनन् । सजिलै यो रकम पाइँदैन, निरन्तर रोजगारदातासँग वार्ता, बार्गेनिङ र अदालतमा मुद्दा लड्नुपर्छ, घिमिरेले भने, त्यसका लागि आवश्यक स्रोत उपलब्ध हुन सकेको छैन ।

पीडित परिवारलाई आवश्यक खर्च जुटाइदिन आग्रह गर्दै दूतावासले नेपाल सरकारलाई पत्राचार गरेको जानकारी पनि उनले दिए । हालैमात्र ८८ जना मृतकको मुद्दा लड्न दूतावासले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग ८८ लाख रुपैयाँ माग गरेको छ ।

तिनमा ७१ जना सडक दुर्घटना, १२ जना कार्यस्थल दुर्घटना र ५ जनाको हत्या भएको छ । हत्या भएकामा खड्गबहादुर खत्री, पवित्रा विक, राजेन्द्र बिष्ट, रुद्रप्रसाद घिमिरे, चन्खु धामी र मोहन कपुर छन् । साउदीमा वाषिर्क ३ सयभन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ । जसमा अत्यधिक सडक दुर्घटना छन् ।

यस्तै साउदीबाट नेपाल पठाउन नसकिएका शव ५० वटा रहेको जानकारी पनि उनले दिए । ु५० वटा शव अलपत्र छन्, उनले भने । थपिने क्रम जारी अझै छ ।
फागुनमा मृत्यु भएका मेरा पतिको शवको अझै आएको छैन, तनहुँ मनपाङ्ग९६ की मन्धरी थापा मगरले  भनिन्, छिटो पठाइदिन सम्बन्धित निकायलाई बारम्बार आग्रह गरिसके पनि ध्यानाकर्षण भएको छैन ।

उनका ४० वर्षीय पति हरिबहादुरको फागुन ७ गते काम गर्दैगर्दा ट्यांकरले किचेर मृत्यु भएको थियो । उनका दुई सन्तान छन् । शव मात्रै आएर भएन, उनले भनिन्, क्षतिपूर्ति पनि आउनुपर्‍यो

No comments:

Pages