कुवेत । गैरकानुनी रूपमा बसोबास गरेका बिदेशी नागरिकहरूलाई स्वदेश फर्कनको लागि कुवेत सरकारले आममाफीको घोषणा गरेको तीन महिना पुगेको छ । आममाफीको सदुपयोग गर्दै करिब चार हजार गैर कानुनी नेपालीहरू स्वदेश फर्कने अनुमान गरिएको छ ।
नेपाली दूतावास कुवेतको हालसम्मको अभिलेख अनुसार २७ सय नेपाली कामदारहरूले नेपाली दूतावास मार्फत ट्राभल डोकुमेन्टको लागि निवेदन दिईसकेका छन् । २७ सयले आवेदन दिए पनि २३ सय ५० ले मात्र अहिलेसम्म ट्राभल डकुमेन्ट लिएका र १३ सय नेपालीहरू मात्र नेपाल फर्केको कुवेत सरकारले जानकारी गराएको दूतावासले जनाएको छ ।
यसका साथै ३ सय ४० नेपालीले कुवेत सरकरले दिएको सुविधालाई उपयोग गर्दै यहाँको सरकारलाई बुझाउनुपर्ने शुल्क (जरिवाना) बुझाई आफूलाई वैधानिक बनाएका छन् ।
गैरकानुनी भईसकेका कामदारहरूलाई कानुनी प्रक्रिया पुरा गरी कुवेतमै बस्नको लागि ६ सय कुवेती डिनार (एक लाख ६० हजार नेपाली रुपैयाँ) तिर्नुपर्ने हुन्छ । ट्राभल डोकुमेन्ट लिएर कानुनी प्रक्रिया पुरा गरेको १० दिनभित्र कुवेत नछोड्नेहरूलाई कुवेत सरकारले जरिवाना तिराउन सक्ने प्रावधान छ ।नेपाली दूतावास कुवेतको हालसम्मको अभिलेख अनुसार २७ सय नेपाली कामदारहरूले नेपाली दूतावास मार्फत ट्राभल डोकुमेन्टको लागि निवेदन दिईसकेका छन् । २७ सयले आवेदन दिए पनि २३ सय ५० ले मात्र अहिलेसम्म ट्राभल डकुमेन्ट लिएका र १३ सय नेपालीहरू मात्र नेपाल फर्केको कुवेत सरकारले जानकारी गराएको दूतावासले जनाएको छ ।
यसका साथै ३ सय ४० नेपालीले कुवेत सरकरले दिएको सुविधालाई उपयोग गर्दै यहाँको सरकारलाई बुझाउनुपर्ने शुल्क (जरिवाना) बुझाई आफूलाई वैधानिक बनाएका छन् ।
दूतावासबाट डकुमेन्ट लिएकाहरूमध्ये धेरै नेपाली कामदारहरू नेपाल नफर्कदा चिन्ताको बिषय बनेको छ । एम्नेस्टीमा स्वदेश नफर्कने विदेशी नागरिकहरूलाई कडा कारवाही गर्ने चेतावनी कुवेत सरकारले दिएको छ । एम्नेस्टीमा स्वदेश नफर्की कुवेतमा बस्ने गैर कानुनी बिदेशी नागरिकहरूलाई कुवेत सरकारले
जेल सजाय कटाइ डीपोर्ट गर्नेछ । यसरी डीपोर्ट हुनेहरू पुनः कुवेत आउन पाउने छैनन् । –हरिकृष्ण न्यौपाने
No comments:
Post a Comment