5/17/2011

बुद्ध जयन्तीमा राँगा काटिए

रविन
ब्यासीका मदनकृष्ण सुवाल भ्यागुता संरक्षणमा जुटेका छन् । ख्वप कलेजबाट बाताबरण बिज्ञानमा सुवालले स्नाकतोर तह उतीर्ण गरेका छन् ।
भक्तपुरबाट बाँदरहरु हराउन थालेको छ । यहाँको माकजू समुदायले परम्परागत रुपमा गर्दै आएको बादर संरक्षण गर्न छोडे पछि बादर हराएका हुन । बनस्पतिहरुको पराग स्थानान्तरण कार्यमा बादरहरुको योगदान हुने गरेको छ । पाँचाखेलमा थुप्रिएको बालुवा हटाउन नगरपालिकाले पाँच लाख खर्च गरेको छ । तर खोला किनारका खेत धनीले भने खोलामा नै रुख रोपिदिएको कारण खोला साँघुरो भएको छ । भक्तपुरमा भुत बंगलाहरुको संख्या बढेको छ । अन्यत्र बसाइ सरेका नगरबासीहरुको घरमा कोही नबस्ने भए पछि भुत बंगलाको संख्या २० वटा पुगेको छ । भक्तपुरका रविन पुरी भुत बंगला खरीद खर्न चाहने ब्यक्तित्वको रुपमा सबैतिर चिनिएको छ । उनै रविन पुरीको गछेको टोनी हागेन हाउसमा मुर्तिकलाको संग्राहलय खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । हाल त्यहाँ मुर्तिहरु सजाउने कार्य भैरहेका छन् । बिगतमा बुद्ध जयन्तीको दिनमा चासुखेलमा मात्रै राँगा काट्ने गरिन्थ्यो । त्यहाँ चासु अजिमाको जात्रा मनाउन राँगो काटिन्थ्यो । यस बर्ष भने नगरका गोमारी टमारी सुर्यबिनायकमा समेत राँगा काटिएका छन् । भक्तपुरको फाइन अफसेट प्रेसले आफ्नो मुखपत्र बजारमा ल्याएको छ । भक्तपुरको वाकुपति पुस्तकायलय र दरवार इलाकाको स्टुडेन्टस पुस्तकालय बन्द अबस्थामा छन् । यी पुस्तकालय एक बर्षदेखि खुलेका छैनन् । त्यहाँ रहेका सामाग्रीहरु भक्तपुर नगरपालिकाले सनिबार सहित हरेक दिन सात घण्टा खुल्ला गर्ने जनज्योति पुस्तकालयमा राख्ने बन्द भएका पुस्तकालयहरुले जनाएका छन् । भक्तपुरका तालु खुइले माष्टर सरोजगोसाईले कालो टोपी लाउन थालेका छन् । यस अघि उनी क्याप टोपी लाउथे । भक्तपुरको एमाले समर्थित स्कुलहरुले नेमकिपाको खेलकुद बिभागद्धारा साचालित युथ स्पोर्टस सर्कल नपुखु खेल मैदानमा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । हरेक बर्ष नेमकिपाले मेडिकल कलेजको लागि माग गरेको सल्लाघारीको बेवारीसे मैदानमा आयोजना हुने सो प्रतियोगिता त्यहाँ थुपारिएको निमार्ण सामाग्रीको कारण गत माघ महिना स्थगित गरिएको थियो । अहिले बाध्य भएर नेमकिपाको चौर प्रयोग गर्न एमाले बाध्य भएको हो । यसबाट एमालेको त्यहाँ रंगशाला बनाउने योजन समेत अलपत्र परेको छ ।

No comments:

Pages