5/20/2011

एनआरएन अब नयाँ दृष्टिकोणले अघि बढ्छ

जीवा लामिछाने, उपाध्यक्ष एनआरएनए
सोभियतकालमा रसियाली नागरिकलाई आफ्नो सम्पत्ति राख्ने अधिकार थिएन।
तर, सोभियत संघ रसियामा परिणत भएपछिको डेढ दशकमै राजधानी मस्को संयुक्त राज्य अमेरिकाको न्युयोर्क, जापानको टोकियो, बेलायतको लण्डनभन्दा बढी अर्बपतिको बस्ने सहर बन्न पुग्यो। त्यस्ता अर्बपतिमा केही नेपालीको नाम पनि आउाछ। नेपालबाट अध्ययनका लागि रसिया पुगेर अर्बपति हुन सफल व्यक्तिमध्येको एउटा नाम जिवा लामिछाने पनि हो। उनी इन्जिनियरिङ अध्ययन गर्न सन् १९८६ मा तात्कालीन सोभियत संघ हान्निएका थिए। सुरुमा रसियामा सोनी, एलजी र सामसुङको डिलर खोलेर कारोबार थालेका लामिछानेले यसबीचमा निकै ठूलो प्रगति गरे। उनको प्रगति रसियामा मात्र सीमित रहेन, उनले लगानी नेपालमा पनि प्रशस्तै लगानी गरे। विशेष गरी सञ्चार, जलविद्युत र बैंकिङ क्षेत्रमा उनले रोजेका क्षेत्र हुन्। लामिछानेले आफूलाई लगानी र व्यापारमा मात्र आफूलाई सीमित राख्न सकेनन्। विश्वभरि छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाध्ने अभियानमा लगाए। गैरआवासीय नेपाली संघ ९एनआरएन० को स्थापनामा उनको पनि मेहनत परेको छ। यो संस्थाले छैटौं क्षेत्रीय र पाचौं विश्व सम्मेलनका छिट्टै आयोजना गर्दैछ। यो संस्थाको उनी उपाध्यक्ष हुन्। यसै विषयमा लामिछानेसग  कुमार राउतले कुराकानी गरेको थियो। कुराकानीको सारसंक्षेप
० कुन सिलसिलामा नेपालमा आउनुभएकोर ?
नेपाल त बरोबर आइराख्छु। चितवनमा बुवाआमा हुनुहुन्छ, मेरा नातेदार, दाजुहरु, दिदी सबैजना चितवनमा नै स्थायी बसोबासरत हुनुहुन्छ। नेपालमा पनि हामीले केही लगानी गरेका छौं। ती लगानीको सूचना लिन तथा बोर्डको बैठकका लागि पनि नेपाल आई रहनुपर्ने हुन्छ। अर्को कुरा यसपटक हामी रुसमा छैटौं गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलन गर्न गइरहेका छौं। त्यसको तयारीका लागि पनि म यहा आएको हु।

० विदेशमा एनआरएनहरुको अवस्था कस्तो छ ?
नेपालीहरु विदेश जाने परम्परा त्यत्ति पुरानो होइन। विशेष गरी २०४६ को आन्दोदन पछि ठूलो संख्यामा नेपालीहरु विदेश जाने परम्पराको सुरुवात भएको हो। त्यसभन्दा अघि पनि नेपालीहरु विदेश नगएका होइनन, तर विद्यार्थी तथा  बहुराष्ट्रिय कम्पनीमा काम गर्न जानेहरुको संख्या ज्यादै नगण्य थियो। तर पछिल्लो २० वर्षमा ठूलो सख्यामा नेपालीहरु  विदेश गएका छन्। हामीले निकालेको अनुमानित तथ्यांकअनुसार विश्वका करिव ६० राष्ट्रमा ३० लाख गैरआवासीय नेपाली रहेको अनुमान छ। यो तथ्यांकमा भुटान र भारतमा बस्ने नेपालीहरुको संख्या उल्लेख्य छैन। यसमा पनि विभिन्न वर्ग छन्। वैदेशिक रोजगारमा जानेको संख्या ठूलो छ। ब्रिटिस गोरखा, एकेडेमिक लाइनमा कार्यरत नेपालीहरु, उद्यमी व्यवसायी, बहुराष्ट्रिय कम्पनीमा काम गर्ने नेपालीहरु समेत यसमा पर्दछन्। पहिलो पुस्ताको डायस्पोरा भएको हुनाले हामी आफै स्थापित हुने क्रममा छौं। पछिल्लो समयको स्थिति हेर्दा विदेशमा गएपछि सुरक्षित भविष्यका लागि जागिर खानुपर्छ भन्ने मानसिकता थियो, तर नयाा पुस्ताले त्योभन्दा एक कदम अघि बढेर आफैले केही गर्नुपर्छ, अर्थात् उद्यमी बन्नुपर्छ भन्ने महसुस गर्न थालेका छन्। सानोतिनो किन नहोस् आफ्नै उद्योग व्यवसाय गर्नुपर्छ भन्ने नया पुस्ताका नेपालीमा भावना विकास भएको मैले पाएको छु। फलस्वरुप विदेशमा नेपालीहरुको सानातिना प्रसस्त व्यवसायहरु खुल्ने क्रम बढेको छ।
० एनआरएन अभियानको उद्देश्य के हो ?
पहिलो पुस्ताका डायस्पोरा भएकाले हामीसाग सीमित स्रोत र साधन छ। तर हामी ठूलो संख्यामा भएकोले, त्यो जमातलाई विश्वव्यापी सञ्चाल निर्माण गरि देशको संर्वागिण विकासमा समाहित गर्ने उद्धेश्यले यो अभियान सुरुआत भएको  थियो। यसका साथै विदेशी भूमिमा पनि हाम्रो संस्कार र संस्कृतिलाई संरक्षण गर्न आवश्यक थियो। हामी त नेपालमै जन्मियौं, सबै कुरा थाहा छ, हाम्रा सन्तान त विदेशमै जन्मे, उनीहरुलाई पनि हाम्रो संस्कार सभ्यताको ज्ञान दिन आवश्यक छ। त्यसै गरी व्यक्तिभन्दा संगठनको आवाज सशक्त हुने भएकोले र संगठन मार्फत विभिन्न काम गर्न सहज हुने भएकोले पनि संगठित हुन आवश्यक ठान्यौं।
० यो उद्देश्यमा एनआरएन अविचलित छ ?
एनआरएन आफ्नो उद्देश्यबाट विल्कुलै विचलित भएको छैन। विश्वव्यापी संगठनका लागि सात आठ वर्ष त्यत्ति लामो समय होइन, यो अवधिमा हामीले धेरै उपलब्धि हासिल गरेका छौं। चाहे त्यो सामाजिक र लगानीकै क्षेत्रमा किन नहोस्, हामीले विश्वव्यापी सञ्जाल निर्माण गरेर एउटा उद्देश्य पूरा गरेजस्तो लाग्छ।
० देशले चाहेजस्तो वा तपार्ईंहरुले भनेजस्तो लगानी भित्र्न सकेको छर ?
लगानी भन्ने कुरा एउटा प्रकृया हो। हामी छोटो समयमै विदेशमा स्थापित हुन खोजिरहेको एउटा समूह हौं। छिमेकी देशमा जस्तो एउटै व्यक्ति वा समूहले ठूलो लगानी गर्न सक्ने हैसियत गैर आवासिय नेपालीहरुको अझै बनिसकेको छैन। तर पनि गैर आवासिय नेपालीहरुका विभिन्न समुहहरुले नेपालमा जलविद्युत, सञ्चार, दुरसञ्चार, पर्यटन, शिक्षा, स्वस्थ्य आदि क्षेत्रमा आर्थिक लगानि गर्दै आएको छ।
० पछिल्लो समयमा आएर एनआरएनको लगानी गजडी गफ जस्तो भयो भन्छन् नि ?
गफ मात्र भएको छैन, केही लगानी आएको छ, लगानी आउने क्रम जारी छ। सामाजिक क्षेत्रमा बाहेक अन्यत्र लगानी गर्ने मान्छेले प्रतिफल हेर्छ। यो स्वभाविक कुरा पनि हो। नेपालमा अहिले राजनीतिक स्थायित्व छैन। हाम्रा सम्पर्कमा रहेका विदेशीलाई नेपालमा लगानी गरौं भनेर ल्याउाछौं तर उनीहरु एक साता बस्दा नै यहााको वस्तुस्थिति बुझ्छन्। उनीहरु भन्छन्, तिमीहरुको ठाउा सुन्दर छ, सम्भावना पनि प्रसस्त छ, जुन क्षेत्रमा लगानी गर्न खोजे पनि भर्जिन छ भन्छन्। तर यहा आउादा बन्दले होटलमा थन्केर बस्नुपर्छ। लगानि मैत्री वातावरण बन्नका लागि राजनैतिक स्थिरता सबैभन्दा महत्वपूर्ण पक्ष हो।
० एनआरएनको लगानी कति भन्ने तथ्याक छ ?
एनआरएन संगठनले आफैले लगानी गर्ने होइन। गैरआवासीय नेपालीले लगानी गर्न चाहे एउटा पुलको काम गर्ने हो। लगानी भनेको व्यक्ति विशेषले गर्ने हो। क्षेत्र हामीलाई थाहा छ। गैरआवासीय नेपालीहरुले सञ्चार, जलविद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा लगानी गरेका छन्। 
० यति लगानी छ भन्ने तथ्यांक तपाईहरुसग छैन ?
जसरी उद्योग वाणिज्य महासंघलाई आफुसंग आवद्ध व्यक्ति र संस्थाको कति लगानि छ भन्ने तथ्याङ्क थाहा हुदैन, त्यसै गरी हाम्रो संगठनलाई  पनि एनआरएन व्यक्तिले कति लगानि गरेका छन भन्ने थाहाा छैन र खोज्न पन आवश्यक छ जस्तो लाग्दैन। मुख्य कुरा नेपालमा लागानि गर्नु पर्छ भन्ने उत्प्रेरणा  र त्यसको वातवरण मिलाउनु हो। तर लगानीका क्षेत्रहरु भने  हामीलाई थाहा छ।

० हन्ड्रेड मिलियन फण्ड अलपत्र परेजस्तो छ ?
यो फन्ड अलपत्र परेको छैन। प्रकृयालाई हामीले निरन्तरता दिइरहेका छौं। दुबईमा हाम्रो पाचौं क्षेत्रीय सम्मेलन भएको थियो, त्यहा नेपालीहरुबाट संकलित फण्डलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर राष्ट्र बैंकका उच्च अधिकृत संलग्न एउटा टास्कफोर्स बनेको छ। यसका लागि पेपेरवर्क भइरहेको छ। संकलित फण्डका लागि धेरै तयारी गर्नुपर्ने रहेछ, हामीले नेपालको कानूनी पूर्वाधार विचार नगरी नै घोषणा गरेका रहेछौं।

० समाजसेवाको क्षेत्रमा कति लगानी भएको छ ?
विदेशमा बस्ने नेपालीहरु जो केही गर्न सक्ने हैसियत राख्छन।, उनीहरुले आफ्नो गाउा क्षेत्र, जिल्लामा केही न केही योगदान  गरीनै रहेका छन्। गत वर्ष लण्डनमा हामीले एउटा कार्यक्रम गरेका थियौं। बेलायतमा बस्ने साथीहरुले नेपालमा केके गर्नुभयो भन्ने तथ्यांक निकाल्दा झण्डै पााच करोड पुगेको थियो। बेलायतको एउटा सानो समूहले त छोटो समयमा त्यत्ति धेरै लगानी गरेको रहेछ भने अरु देशमा बस्ने समुदायमा पनि धेरै योजनाहरु कार्यान्वयन भएका छन्। तथ्यांकभन्दा पनि यस्ता काम धेरै ठाउाबाट भएको छ। आफ्नो गाउ ठाउलाई केही गर्नुपर्छ भन्ने भावना साथीहरुमा विकास भएको छ।

० अस्थिर राजनीति रहिरह्यो भने एनआरएनको भविष्य के होला ?
विभिन्न कारणले नेपालमा बेरोजगारी थियो, अहिले पनि छ। हाम्रो पूाजी भनेकै जनशक्ति हो। ढिलै भए पनि त्यो जनशक्ति परिचालन भयो। द्वन्द्वकालमा नेपालको अर्थतन्त्र झण्डैझण्डै कोल्याप्स भइसकेको अवस्था थियो, त्यस्तो अर्थतन्त्रलाई बचाउनका लागि गैरआवासीय नेपालीले पठाएको रेमिट्यान्सले मेरुदण्डको काम गर्यो। त्यस्तो अवस्थामा पनि केहि आर्थिक लगानि नेपाल आइनै रह्यो।  हाम्रो तन बाहिर भए पनि मन नेपालभित्रै छ। नेपाललाई परेको विपत्तीले हाम्रो पनि त्यत्तिकै चित्त दुःख्छ। देशको समग्र विकासमा हामी पनि त्यत्तिकै चिन्तित छौं।

० छैटौं क्षेत्रीय सम्मेलनको एजेण्डा के छन् ?
हामी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्छौ। देशलाई ऊर्जा संकटकाल घोषणा गरिएको छ। यो संकटकालमा एनआरएनलाई पनि सय मेघावट विजुली उत्पादन गर्न आव्हान गर्ने सरकारले निर्णय गरेको छ। अहिलेको अवस्थामा एनआरएनले के योगदान गर्न सक्छ भन्ने विषयमा छलफल हुनेछ। गैर आवसिय नेपाली सञ्जालको संवर्धन गर्दै नेपालको प्रवर्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा निर्णयहरु ग्रिने छन।

० आउदो पाचौं विश्व सम्मेलनलाई कसरी हेर्नुभएको छ ?
यो विधानतः प्रत्येक दुई वर्षमा हुने हो, त्यसमा सबै प्रतिनिधि साथीहरु आउनु हुनेछ। सम्मेलनसागै साधारण सभा हुन्छ, त्यो साधारणसभाले नया कार्यकारी समिति समेत छनोट गर्छ।
० एजेण्डा के उठान होला ?
तयारीमा भर्खरी जुटेका छौं। वर्तमान अध्यक्षको नेतृत्वमा सम्मेलन सयोजक कमिटी बनेको छ। यही कमिटीले के मुद्दा उठाउने भन्ने कुराको तर्जुमा गर्नेछ। तर पनि नेपालको राजनैतिका स्थायीत्व प्रति नया संविधान र्निमाणका कुरा र नया परिस्थितिमा गैर आवसिय नेपालीहरुको भूमिकाका बारेमो विर्मशत हुनेनै छन्।

० दोहोरो नागरिकताबारे एनआरएनहरुबीच नै मतक्यता रहेन नि ?
दोहोरो नागरिकता म यसलाई भन्दिन्। पहिले बुझाइमा केही फरक आएकाले दोहोरो नागरिकता भनियो। यो दोहोरो नागरिकता होइन।

० के हो त दोहोरो नागरिकतार ?
नागरिकता बचाउ अभियान भन्छु म यसलाई। विदेशमा नागरिकता लिएको कारणले अहिले हामीले प्राप्त गरेको नागरिकता छोड्नु नपरोस्। कुनै नागरिकले विदेशमा नागरिकता लियो भने नेपालको नागरिकता स्वतः खारेज हुने जुन कानुन छ, त्यो खारेज हुनुपर्यो मात्र भनेका हौं। हाम्रो नागरिकता कायम रहिरहादा केही नोक्सान हुादैन, हामी नेपाली नै भएर रहन चाहन्छौं, नेपाली नै भएर मर्न चाहन्छौं। आफ्नो देश आउादा भिसा लिएर आउनु नपरोस् भन्ने हाम्रो माग हो। यसका लागि सकरात्मक वातावरण बनेको छ। अहिलेको बन्ने संविधानमा यो सकारात्मक कुरा पर्छ भन्ने हामीलाई विश्वास छ। यो विषयमा एनआरएनबीच मतैक्यता छैन भन्ने कुरा गलत हो।

० एनआरएन भावी नेतृत्वको रुपमा हेरिएको छ नि तपाईंलाईर ?
गैरआवासीय नेपाली अभियानमा सुरुदेखि नै म समर्पित भएर लागे। यो सञ्जाल विस्तारका लागि मैले धेरै समय र शक्ति खर्च गरें। यो अवधिमा गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरेको छु। साथीहरुले पनि तपाईंले अब नेतृत्वपंक्तिमा रहेर काम गर्नुपर्छ भन्ने आग्रह गर्नु भएको छ। यसबारे साथीहरुको राय सुझाव लिइरहेको छु। अध्यक्षका आधिकारीक उम्मेदवारी भने घोषणा अझै गरिसकेको छैन।

० अध्यक्षको उम्मेदवारी कहिले घोषणा गर्दै हुनुहुन्छ ?
मेरो सहृदयी साथीहरुले अनुरोध गरिरहनु भएको छ, उहाहरुसंग थप सरसल्लाह गर्दैछु। विश्व सम्मेलन आयोजना हुने अझ छ सात महिना बाकी नै रहेकोले त्यत्ति हतार गरि हाल्नु पर्ने अवस्था पनि छैन ।
 ० एनआरएनलाई नया ढगले हाक्सने दृष्टिकोण पनि होला नि ? मसग केही ठोस योजना छन्। लगानी र एनआरएको स्थायित्वका लागि मसाग नया दृष्टिकोणहरु छन्। त्यत्ति मात्र होइन, एनआरएनले घोषणा गरेका कार्यक्रमलाई अघि बढाउने मैले साथीहरुको सरसल्लाहमा केही योजनाहरु बनाएको छु। यी कुरा लागू गर्न सकिने अवस्था आयो भने मात्र म आफ्नो उम्मेदवारी घोषणा गर्छु। 
० अहिलेको कार्यसमितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
डा। उपेन्द्र महतोले विधानतः तीन कार्यकालसम्म संघको अध्यक्ष हुनु भयो। त्यो एनआरएनको सुरुवात थियो, उहाको जस्तो स्रोत, साधन र सम्भावना सबैमा नहुन सक्छ। तर अहिलेको टिमले आफ्नै हिसाबले काम गरिरहेको छ। एनआरएनले पहिलेनै  सञ्चालन गरेका योजनाहरुले निरन्तरता पाएका छन्, केही नया रचनात्मक कामहरु पनि भएका छन्। खुल्ला विश्वविद्यालयको अवधारणा त्यसको उदाहरण हो।
० अहिलेको नेतृत्वको कामबारे चर्चा शुन्यजस्तो लाग्दैन ?
सबैले एउटै तरिकाले काम गर्न सम्भव हुादैन। डा। उपेन्द्र महतोले धेरै काम गरेर अहिलेको नेतृत्व ओझेलमा परेको होकी जस्तो लाग्छ। तर कामै नभएको भने होइन। यो कार्य समिति पनि धेरै रचनात्मक कामहरु गर्न सफल भएको छ।

० कामभन्दा पनि राजनीति बढी भएजस्तो लाग्दैन ?
गैरआवासीय नेपाली संघलाई हामीले सुरुदेखि नै कुनै जाति, धर्म र पार्टीबाट निरपेक्ष्य राख्ने प्रयास गरेका छौं। व्यक्तिगत हिसाबले आफ्नो सोच, विचार र आस्था एकठाउमा छ। तर हाम्रो संघभित्र राजनीति हाबी भएको मैले अहिलेसम्म अनुभव गरेको छैन। यस्तो हुनबाट बचाउनको लागि हामी सधै सजग  रहने छौं।

No comments:

Pages