धितो बन्धक राखिएको सेयर किनबेच गर्न नमिल्ने व्यवस्थालाई स्टक एक्सचेन्ज ९नेप्से० ले गर्न मिल्ने व्यवस्थाका लागि अर्को निर्देशिका तयार गरिरहेको जनाएको छ ।
सेयर मूल्य घट्न थालेपछि लगानीकर्ताले ब्याजका साथै मार्जिन कल तिर्नुपर्छ । सेयरधनी घाटामा गए पनि ऋण चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले सेयर बेच्न दिँदैनन् । सेयर खरिद बिक्रीको प्रक्रियामा एक्सचेन्जको सबैभन्दा बढी भूमिका हुने भएकाले ग्यारेन्टी पनि एक्सचेनज नै बस्ने कुरा सेयर बजारका लागि राम्रो पक्ष हो ।आगामी आर्थिक वर्षबाट यस्तो सेवा सुरु गर्ने योजना नेप्सेले गरिरहेको छ ।नेप्से ग्यारेन्टी बसेपछि बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई धितो राखिएको सेयर बिक्री गर्न सहज हुनेछ । सेयर बिक्री भएपछि आएको रकमबाट नेप्से वा सेयर दलालले ऋण र ब्याज चुक्ता गर्ने छन् । बजार निरन्तर घटी रहँदा लगानीकर्ताले धितोमा राखेको सेयर बिक्री गर्न नसक्दा थप आर्थिक भार बेहोर्नुपरेको गुनासो छ । यस्तो सेवा सुरु भए लगानीकर्ता उत्साही हुने र बजारमा सुधार देखिने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । लगानीकर्ता मात्र हुँदा बैंक तथा वित्तीय संस्थाले विश्वास गर्दैनन्,विश्लेषक रविन्द्र भट्टराई भन्छन्, नेप्से ग्यारेन्टी बसे सबैलाई सजिलो हुन्छ ।
अर्कोतर्फ निरन्तर घटिरहेको बजारले नेप्सेको नाफा पनि घटेको छ । आर्थिक वर्ष ०६६र०६७ मा एक्सचेन्जले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २८ दशमलव ३३ प्रतिशत कम हो । आर्थिक वर्ष २०६५र०६६ मा ८ करोड ५४ लाख रुपैयाँ नाफा भएको थियो । आर्थिक वर्ष ०६६र०६७ मा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले कारोबार घटेको छ । एक्सचेन्जका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ८५ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
समग्र कारोबारमा आएको गिरावटले बजार पुँजीकरण पनि २६ दशमलव २५ प्रतिशतले घटेको छ । बजार र पुँजीकरण घट्ने क्रम यस आर्थिक वर्षमा पनि जारी छ । आर्थिक वर्ष २०६७र६८ को नौ महिनामा कारोबार रकममा आर्थिक वर्ष २०६६र६७ को सोही अवधिको तुलनामा ५२ दशमलव ९७ प्रतिशतले घटेको छ । यस अवधिमा ४ अर्ब ६३ करोड ८४ लाख मूल्यको १ करोड ७८ लाख ९७ हजार कित्ता सेयर कारोबार भएको छ । यस अर्थिक वर्षको नौ महिनामा २८ वटा कम्पनीहरू सूचीकरण भएर सूचीकृत कम्पनीको संख्या २ सय ४ पुगेको छ । केन्द्रीय निक्षेप प्रणाली, सेयर दलाल थप्ने प्रक्रियालगायतले बजार सुधार अपेक्षा नेप्सेको छ । नेप्सेको पूर्ण स्वामित्वमा केन्द्रीय निक्षेप प्रणाली सञ्चालनका लागि काम अघि बढाइएको छ । ५ वटा सेयर दलाललाई धितोपत्र बोर्डले अनुमतिपत्र दिइसकेको छ ।
No comments:
Post a Comment