5/21/2011

अब कसलाई धम्की दिने कामरेड ?

माओवादीले पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्तौलालाई एकीकृत नेकपा माओवादीले पार्टीबाट निलम्बित गरेको छ।
पार्टीले बर्तौलालाई पार्टी दायित्वबाट तीन महिना हटाउने निर्णय गरेको हो । शनिबार स्थायी समिति बैठकमा बर्तौलालाई बोलाएर बयान लिइएको थियो । स्थायी समिति बैठकमै भट्टराईका सुरक्षा गार्ड सनीप क्षेत्रीको पनि बयान लिइएको थियो । उनले भने बर्तौलाले भट्टराईलाई ज्यान मार्ने धम्की दिएको दाबी गरेको बताइएको छ ।
माओवादी मजदुर संगठनका कार्यकर्ता एवं हयात होटलस्थित क्यासिनो ताराका बाउन्सर जनक बर्तौलाले एक साताअघि पार्टी कार्यालयबाटै टेलिफोन गरी भट्टराईलाई ‘चाररपाँच दिनभित्र सिध्याउनुपर्ने धम्की दिएको कुरा सार्वजनिक भएको थियो ।
खुलेआम धम्की आएपछि भट्टराईले पार्टी महासचिव रामबहादुर थापा र गृहमन्त्री कृष्णबहादुर महरालाई खबर गरी सुरक्षा माग गरेका थिए ।

No comments:

Pages