कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कुटनीतिक आचरण विपरित नेपालका विभिन्न मेनपावर कम्पनीहरुलाई माग मिलाइदिने गरेको खुलासा भएको छ ।
‘राजदूत पौडेलले दूतावासमा मागपत्र अनिवार्य प्रमाणित गराउनु पर्ने नियमको आडमा मेनपावरको दलाली गर्ने गरेका छन्,’ दूतावास स्रोतले भन्यो ।
स्रोतका अनुसार राजदूत पौडेलले काठमाडौंको सिनामंगलस्थित एक काँग्रेसी मेनपावर कम्पनीलाई माग मिलाईदिने गरेका छन् । मागपत्र प्रमाणीकरण गराउन आउने रोजगारदाता कम्पनीलाई ‘यो मेनपावर कम्पनीलाई माग नदिनुस्, मेरो नजिकको मेनपावरलाई दिनुभयो भने तपाईंलाई पनि फाइदा, हामीलाई पनि फाइदा’ भन्ने गरेको स्रोत बताउँछ । आफूले भनेको मेनपावरलाई माग नदिने रोजगारदाता कम्पनीको अनेकौं बहाना बनाएर प्रमाणीकरण नगरिदिने गरेको स्रोतले जानकारी दिएको छ । स्रोत अगाडि भन्छ–मागपत्रलाई दूतावासमा अनिवार्य प्रमाणीकरण गराउनुपर्ने नियमको राजदूत पौडेलले धज्जी उडाइरहेका छन् र यो नियमले कामदारको समस्या समाधान गरी उनीहरुलाई सुरक्षित गराउन भन्दा पनि राजदूतहरुलाई मेनपावरको धन्दा गर्न सजिलो भएको छ ।
पौडेलले उक्त काँग्रेसी मेनपावरलाई डिमाण्ड ल्याईदिए
बापत प्रतिव्यक्ति सय डलर कमिसन लिने गरेको स्रोतको दावी छ । राजदूत पौडेललाई यो धन्दामा साथ दिने उनका दुई हनुमान श्रम सहचारी भुवन पौडेल र दूतावासका द्वितीय सचिव पुष्पराज भट्टराई रहेको स्रोत बताउँछ । ‘पौडेल रोजगारदाताका कम्पनीको दैलो दैलो चहारेर माग ल्याउँछन्, भट्टराई कमिसनको चाँजोपाँजो मिलाएर मागपत्र राजदूतको टेबुलमा पु¥याउँछन् र राजदूत कमिसन कुम्ल्याउँदै सहि ठोक्छन्,’ स्रोतले भन्यो ।
विगतमा एम्नेष्टी खुल्दा करोडौं रकम कामदारबाट असुलेका र युएईका राजदूत हुँदा नियममै नभएको घरेलु महिला कामदार बीमाको नाममा चलखेल गरेका राजदूत पौडेल निरन्तर भ्रष्टचारमा संलग्न हुँदा पनि उनलाई कारवाही गर्ने तर्फ सरकारको चासो गएको छैन । पौडेलका कर्तूतको पर्दाफास गर्दै पटक पटक कारवाही गर्न सरकारलाई पत्र पठाए पनि सरकारले त्यसतर्फ चासो दिएको छैन ।

No comments:
Post a Comment