5/21/2011

एनआरएनए–एनसीसी कतारको तेश्रो परिषद भेला सम्पन्न, वर्तमान परिषद विघटन

दोहा,गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ९एनआरएनए–एनसीसी० कतारको २००९ देखि २०११ सम्मको बर्तमान कार्यकालको तेश्रो तथा अन्तिम परिषद भेला गत १३ मे, शुक्रवार सम्पन्न भएको छ ।
एनआरएनए–आईसीसीका उपाध्यक्ष तथा भेलाका प्रमुख अतिथि सागर नेपालद्वारा द्विप प्रज्वलित गरि विधिवत रुपमा उदघाटन गरिएको सो भेलाको सभापतित्व एनसीसी अध्यक्ष नरेन्द्र भाटले गरेका थिए । प्रथम उपाध्यक्ष अजिजुर रहिमान शेषले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बिलबहादुर गुरुङले कार्यक्रम प्रस्तुत गरे । सो अवसरमा शहिदहरुको स्मरणका साथै कार्यक्रमका सहभागिहरूले एकै स्वरमा राष्ट्रिय गीत गाएर राष्ट्र र मातृभुमीप्रति सम्मान प्रकट गरिएको थियो ।
दोश्रो परिषद भेला पश्चात कार्यसमितिले गरेका कार्यहरुको विस्तृत विवरण कार्यप्रगति प्रतिवेदनको रुपमा महासचिव गुरुङले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरे भने संस्थाको आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदनहरु कोषाध्यक्ष पुर्णबहादुर केसीले प्रस्तुत गरे । सो अवसरमा एनआरएन सांस्कृतिक साझ २०११ कार्यक्रमको आय व्यय विवरणलाई छुट्टै प्रस्तुत गरिएको थियो । प्रस्तुत भएका प्रतिवेदनहरु माथिको छलफलमा परिषद सदस्यहरुले सक्रिय रुपमा भाग लिएका थिए ।

महासचिव गुरुङले सांगठनिक प्रतिवेदनहरुमा उठेका जिज्ञासाहरुको प्रतिउत्तर दिएपछि केहि परिमार्जनसहित प्रतिवेदन पारित गरिएको थियो भने कोषाध्यक्ष केसीले आर्थिक प्रतिवेदन वारेमा परिषद सदस्यहरुले राखेका जिज्ञासाहरुको विस्तृत जवाफ दिए । एनआरएन सांस्कृतिक साझ २०११ को आय व्यय विवरणलाई पनि संस्थाको आर्थिक विवरणमा समेटेर एउटै आर्थिक प्रतिवेदनको रुपमा प्रस्तुत गर्ने सुझाव आएकोले सोही बमोजिम प्रस्तुत गरिएपछि आर्थिक प्रतिबेदन पनि ध्वनीमतले पारित भएको थियो । आर्थिक प्रतिबेदनमा जनाइए अनुसार एनआरएन सांस्कृतिक सा“झ २०११ को कुल नाफा ४५ हजार ६ सय ९२ कतारी रियाल रहेको छ ।

सो अवसरमा एनआरएन सांस्कृतिक सा“झ २०११ कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सहयोगीहरुलाई एनआरएनए आईसीसी सदस्य तथा कतार प्रतिनिधि प्रज्ञान उदासले एनसीसी कतारको तर्फबाट प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरुमा मिडिया पार्टनर राजधानी अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका लगायत कतारमा स्थापित विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु लगायतका नेपालीजन थिए । त्यसैगरी सांस्कृतिक साझ कार्यक्रम प्रायोजन गरि सफल बनाउन सहयोग गर्ने प्रायोजक सहयोगी दाता सागर नेपाललाई अध्यक्ष नरेन्द्र भाटले एनसीसीको तर्फबाट प्रशंसापत्रले सम्मान गरे । अन्य प्रायोजक सहयोगीहरुलाई भने प्रमुख अतिथि नेपालले एनसीसी कतारको तर्फबाट प्रशंसापत्रद्वारा सम्मान गरे । यसरी सम्मानित हुने प्रायोजक दाताहरु बद्रिप्रसाद पाण्डे, ई।कोमल सिंह, हिमाल गिरी, नरेन्द्र भाट, उमेश अधिकारी, टि।बि।कार्की, मक्सुद आलम, आर।के।शर्मा, राज रेग्मी, ई।अर्जुन भट्टराई, महेन्द्र चौलागाई, अजिजुर रहिमान शेष, मोहरम नदाफ, पुर्णबहादुर केसी, राजेश दर्शन अर्याल, लक्षमण खतिवडा, चुडामणी कार्की, पुर्ण पोखरीय लगायत रहेका छन् ।

वैदेशिक रोजगारको शिलसिलामा ६ महिना अगाडि कतार आएकी निशा मिश्रको मुटुमा समस्या देखिएकोले डाक्टरले नेपाल लान सिफारिस गरेको पृष्ठभुमिमा उनको आर्थिक अवस्था कमजोर रहेकोले उपाचारार्थ र सात वर्षे छोराको लालन पालनमा सहयोग मिलोस भनि परिषद भेलामा एनसीसी कतारको तर्फबाट सो अवसरमा आर्थिक सहयोगको अपिल गरिएको थियो । उपस्थित परिषद सदस्यहरुको सहयोगमा जम्मा ३ हजार एकासी कतारी रियाल संकलन भएको छ । सो रकम छिट्टै नै सम्बन्धित परिवारलाई पठाइने कार्यक्रममा बताइएको छ ।

परिषद सदस्य तथा कतारको नेपाली समाजमा परिचित यूवा अगुवा लक्ष्मण खतिवडाको सक्रियतामा यहाँस्थित नेपाली समुदायले उल्लेख्य सहयोग रकम संकलन गरेका छन् । सोही भेलाका अवसरमा कतारमा कार्यरत नेपाली महिलाहरुको तर्फबाट कलाकार तथा महिला प्रतिनिधि सावित्री गिरीले कतारी रियाल १ हजार निशा मिश्रसम्म पुयाई दिनका लागि लक्ष्मण खतिवडालाई हस्तान्तरण गरेकी छन् । कार्यक्रममा आफनो छोटो मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि सागर नेपालले भेलाबाट एनआरएन अभियानले धेरै उपलब्धि पाएको टिप्पणी गरे । आउने दिनमा संघले अरु प्रगति गर्न सबैको सहयोग आवश्यक रहेको विचार उनले व्यक्त गरे ।

अध्यक्ष तथा कार्यक्रमका सभापति नरेन्द्र भाटले सहभागिलाई धन्यवाद दिँदै परिषद भेलाले दिएको जिम्मेवारी वर्तमान कार्यसमितिले कतारवासी नेपालीहरुको भावनालाई समेटेर सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। भेलाले विधानतः सो परिषदलाई विघटन गर्ने भए तापनि अर्को परिषद गठन नहँदासम्म मौजुदा कार्यसमिति परिषद सदस्यहरुप्रति पुर्णरुपमा उत्तरदायी भएको उनले बताए। नया परिषदको लागि सदस्यता आव्हान भएपछि पुन कतारवासी सवै नेपालीजन परिषदमा सहभागि हुन अनुरोध गर्दै अध्यक्ष भाटले वर्तमान परिषद विघटन भएको घोषणा गरे । निर्वाचन समिति गठन, नया“ कार्यकाल ९२०११र२०१३० का लागि परिषद सदस्यता आव्हान, राष्ट्रिय महाधिवेशनको मिति तय गर्ने लगायतका भेलाले तय गर्नुपर्ने केही महत्वपुर्ण कार्यहरु समयाभावका कारण कार्यसमितिको जिम्मा लगाउदै सो भेला सम्पन्न भएको छ ।

No comments:

Pages