राष्ट्रिय स्वाधीनताका पक्षमा बनेको चलचित्र दशगजाका निर्माता नवल खड्काले आफूले नेपालको सीमा मिचिरहेको भारतको गतिविधिको बारेमा चलचित्र बनाएका कारण भारतीय पक्षबाट आफू असुरक्षित भएको बताएका छन् ।
चलचित्रमा आफूले आफ्नै देशको जमिनमा बसेका सुस्तावासीप्रति भारतीय सीमा सुरक्षा बलले गरेको ज्यादतीलाई विशेष भूमिकामा देखाइएको र भारतले पटक(पटक सीमा मिच्दै गएको यथार्थतालाई दर्शाएकै कारण भारतले आफूलाई मार्नको लागि पिछा गरिरहेको पनि उल्लेख गरे । चलचित्र प्रदर्शन नगर्नको लागि भारतीय दूतावासबाट अप्रत्यक्षरुपमा चार करोडको प्रस्ताव आएको र उक्त प्रस्ताव आफूले सिधैं अस्वीकार गरेपछि भारतीय दूतावासले आफूलाई कालोसूचीमा राखी विशेष सुराकी परिचालन गरेको आशंका व्यक्त गरे ।
भारतीय दूतावासले चलचित्र नचलाउन मलाई चार करोडको प्रस्ताव गर्यो, उनले भने- मैले ठाडै अस्वीकार गरिदिएँ किनकि मेरो चलचित्र देश र जनताको लागि हो, मैले उक्त प्रस्ताव नस्वीकारेका कारण भारतले मेरो पिछा गरिरहेको छ ।
भारतीयहरुले नेपाली भूमि अतिक्रमण गरी नेपाली जनतालाई आफ्नै भूमिमा शरणार्थी जीवन जीउन बाध्य बनाएको र भारतको सो कार्यको प्रतिरोध गर्ने नेपाली जनताको संघर्षको कथा समेटिएको चलचित्र दशगजा निर्माणको क्रममा भारतीय पक्षले आफूलाई दुःख दिने गरेको खड्काले बताए । भारतले नेपालको हरेक क्षेत्रमा हस्तक्षेप गरेको बताउँदै त्यसका विरुद्ध जनतालाई सचेत गराउन आफूले दशगजा निर्माण गरेको उनको भनाइ थियो । भुटानी शरणार्थी समस्या पनि भारतकै कारण भएको भन्दै खड्काले भुटान र नेपालमा राजनीतिक अस्थिरता मच्चाएर भारतले आफ्नो स्वार्थ पूति गर्ने तर्फ लागेको बताए । ८४ लाखको लागतमा निर्माण गरिएको सो चलचित्रले प्रदर्शनको छोटो अवधिमै करिब लगानी उठाइसकेको उनको दावी थियो । भारतमा आफ्नो चलचित्रलाई रोक लगाए पनि निकट भविष्यमा अमेरिका, मलेसिया, कतार, दुबईलगायतका देशहरुमा पनि प्रदर्शन गर्ने तयारी भएको उनले जनाए । खड्काले यसअघि माओवादी जनयुद्धको कथामा आधारित आवाज चलचित्र निर्माण गरेका थिए ।

No comments:
Post a Comment