5/20/2011

माओवादीलाई क्यासिनो मोह

माओवादी मजदुरहरु नै क्यासिनोको हर्ताकर्ता बन्न खोजेका छन् ।
प्रचण्ड सरकारमा रहेका बेला होटल मजदुरको नाममा तारे होटल र क्यासिनोहरुमा माओवादी सम्बद्ध मजदुर संगठन बिस्तार भएको थियो भने माधव कुमार नेपालको सरकारको अन्त्यतिर क्यासिनो खारेज गर्ने प्रक्रियाले ठूलो चर्चा पाएको थियो तर एमाले र माआवादीको संयुक्त सरकार गठनसँगै क्यासिनोको विवद सेलाएको छन् । क्यासिनो खारेज गर्दा हजारौं कार्यकर्ताको हावीमुहाली गुम्ने डरले क्यासिनो विषयमा माओवादी चुप छ । राजश्व नतिरेका क्यासिनोहरुबाट अहिलेको सरकारमा माओवादीको प्रवेशसँगै राजस्व बक्यौता असुली र नियमनको प्रक्रिया अवरुद्ध भएको छ । सार्वजनिक लेखा समितिको निर्देशनअनुसार बक्यौता नतिर्ने क्यासिनोको इजाजत खारेज गर्ने तथा क्यासिनो सञ्चालनका लागि कार्यविधि बनाउने कार्यमा जुटेको पर्यटन मन्त्रालय माओवादीको भागमा परेपछि यससम्बन्धी प्रक्रिया रोकिएको छ । क्यासिनो व्यवसायमा मजदुर युनियन मार्फत माओवादीले पकड राख्दै आएको छ । बक्यौता असुली र नेपाली नागरिकको प्रवेश रोक्न लेखा समिति र अर्थ मन्त्रालयको सक्रियतासमेत घट्दै गएपछि क्यासिनोमा राजस्व नतिर्ने, नेपाली ग्राहकलाई स्वागत गर्ने क्रम बढ्न थालेको सम्बद्ध स्रोतले बताएको छ । राजस्व नतिरे पनि सम्बद्ध निकायले चासो देखाउन छाडेपछि क्यासिनोको आर्थिक स्रोतमा हालीमुहाली चलाउन माओवादी मजदुर युनियनमै विवाद हुन थालेको क्यासिनो सम्बद्ध मजदुर बताउँछन् । समितिले पुस १३ गते बक्यौता तिर्न ३५ दिनको समय दिएर नतिर्नेको इजाजत खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार राजस्व अनुसन्धान विभागले दिएको म्यादमा दसमध्ये होटल एभरेस्टस्थित क्यासिनो एभरेस्ट र ह्यातको क्यासिनो ताराले मात्र सबै बक्यौता तिरेका थिए । बाँकी आठ क्यासिनोको दर्ता खारेज गर्न अर्थले फागुन १ गते पत्र पठाए पनि पर्यटनले प्रक्रिया अघि बढाएन ।यसबीच भ्याली लिंकमा आबद्ध क्यासिनो र्‍याड ९र्‍याडिसन०, भेनस ९मल्ल०, ग्रान्ड ९पोखरा ग्रान्ड० ले सबै बक्यौता तिरेका छन् । याक एन्ड यतीको क्यासिनो रोयल र पोखराको फूलबारी रिसोर्टस्थित क्यासिनो फूलबारीले केही तिरेका छन् । विभागले करिब २१ करोड रुपैयाँ असुल गरेको थियो । तर बढी बक्यौता रहेका होलट सोल्टीस्थित क्यासिनो नेपाल र अन्नपूर्णको क्यासिनो अन्नाले बक्यौता तिर्न चासो देखाएका छैनन् । यसबीच अन्नामा रिक्रियसन सेन्टरको साझेदारका रूपमा व्यवस्थापन जिम्मा लिएको शिवं इम्पेक्स होटल एन्ड रेस्टुरेन्ट ९प्रा० लि नामको कम्पनीले पनि बक्यौता नतिरी माओवादी मजदुर युनियनको एउटा पक्षलाई रिझाएर निर्वाध सञ्चालनको प्रयास गरिरहेको सम्बद्ध स्रोतले बताएको छ ।
क्यासिनो नेपालले १३ करोड तथा क्यासिनो अन्नाले १० करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । तिरेका क्यासिनो फूलबारीको ६ करोड २६ लाख तथा रोयलको २ करोड २० लाख रुपैयाँ बक्यौता छ । क्यासिनो नेपाल र अन्नाका साथै तारा र एभरेस्टका सञ्चालक नेपाल रिक्रियसन सेन्टरको होटल सोल्टी परिसरस्थित चार रोपनी भन्दा बढी जग्गा अर्थ मन्त्रालयले रोक्का राखेको छ । यसबीचमा सर्वोच्च अदालतले रोयल्टी बक्यौताको अन्तिम दायित्व इजाजतवाला होटल हुने निर्णय गरेको छ । सम्बद्ध होटलले रिक्रियसन सेन्टरको सम्पत्ति लिलाम गरी अपुग रकम तिर्ने लेखा समितिमा प्रतिबद्धता जनाएका थिए ।

No comments:

Pages