क्वालालम्पुर । मलेसियामा एक कम्पनीमा तीन दिनको फरकमा दुई जनाको ज्यान गएको छ भने एक जना उपचार पछि होस्टलमा फर्किएका छन् ।
जलान कापरको वातुतिगामा रहेको सिङफोन फर्निचर कम्पनीमा कार्यरत सुनसरीका जसोदिन नेपाली र ताप्लेजुङका शान्तिराम थापाको तीन दिनको फरकमा ज्यान गएको हो भने गफार हुसेन उपचार पछि होस्टलमा फर्किएका छन ।
शरिर सुनिने र वाववाकि लाग्ने भएपछि नेपालीलाई उपचारको लागि अस्पतालमा लगिएको थियो । अस्पतालवाट र्फकेको केहि दिनपछि निजको ज्यान गएको हो । त्यस्तै विरामी भएपछि थापालाई पनि अस्पताल लगिएको थियो अस्पतालमा उपचार गराईरहेकै अवस्थामा थापाको पनि ज्यान गएको हो । नेपाली सात महिना अगाडि र थापा एघार महिना अगाडि रोजगारीको सिलसिलामा मलेसिया आएका थिए । नेपालीको शवलाई पोस्टमार्टम पछि नेपाल पठाईएको छ भने थापाको शवलाई नेपाल पठाउने तयारी भैरहेको वुझिएको छ । पोस्टमार्टममा के कुरा उल्लेख गरिएको छ थाहा हुन सकेको छैन ।
No comments:
Post a Comment