महेश्वर नेपाल
विदेशमा बस्ने नेपालीहरुको साझा संस्था भनेर चिनिएको गैर आवासिय नेपाली संघको बिस्तार हाल ५५ वटा देशहरुमा भईसकेको छ । सन २००३ मा स्थापना भएको यस संस्थाले देश विकासका लागि महत्वपूर्ण योगदान दिदै आएको छ ।
तर बिडम्वनै मान्नुपर्छ नेपालको कुनै पनि सरकारी निकायमा यो दर्ता हुन सकेको छैन । देशको विकासकालागि गैरआवासीय नेपालीहरु प्रति आशावादी रहेको नेपाल सरकारले यसलाई दर्ता गराउन नसक्नु को कारण के रु या नचाहेको हो रु वा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले दर्ता प्रोसेसमा ध्यान नदिएको हो रु वा नेपाल सरकारलाई चुनौति दिएको हो रु यो गम्भीर प्रश्न खडा हुन पुगेको छ ।३०लाख नेपालीहरु देश बाहिर रहेका छन र २०लाख जति नेपालीहरु त मध्यपूर्व र मलेशियामा रहेका छन । विदेशमा बस्ने नेपालीहरुलाई नागरिकताको आवश्यकता छ भनेर केहि समय अगाडि गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकताको विषयमा कुरा उठाए भलै सरकारले तिनीहरुको मागलाई सम्बोधन ग¥यो । दोहोरो नागरिकताको तत्काल आवश्यकता थियो युरोप र अमेरिकामा बस्ने नेपालीहरुलाई जुनमाग मध्यपूर्वका नेपालीहरुको साथ र सहयोगले गर्दा पुरा भयो तर मध्य पूर्वका गैरआवासीय नेपालीहरुले सुरक्षित आप्रवासन र बैदेशिक रोजगारीको विषयमा कुरा उठाई रहेका मागलाई भने सरकारले वास्ता गर्न सकेन ।
केहि समय अगाडि तीन दिन सम्म दुबईमा सम्पन्न गैरआवासीय नेपालीहरुको क्षेत्रीय सम्मेलन सामुहिक लगानी र सुरक्षित आप्रवासन र बैदेशिक रोजगारीको विषयलाई लिएर भएको थियो तर उक्त सम्मेलनमा उपयुक्त विषयहरुमा अवधारणहरु आएपनि सुरक्षित आप्रवासनलाई पाखा लगाउँदै सामुहिक लगानीको विषयमा गएर सम्मेलन सकिएको थियो । मध्यपूर्वका गैरआवसीय नेपाली संघका प्रतिनिधिहरुले राखेका आफ्ना एजेन्डाहरु कहिं कतै सुनुवाई नहुन कति सम्मको दूर्भाग्य थियोे । मध्यपूर्वका नेपालीहरुको साथ र सहयोगले गर्दा उनीहरुले दोहोरो नागरिकता सहजै रुपमा पाउन सके तर तिनै मध्यपूर्वका गैरआवासीय नेपालीहरुले बैदेशिक रोजगारीको शिलशिलामा भोगेका समस्याहरु र तिनीहरुले उठाएका मागहरुलाई बेवास्ता गर्नुले गैरआवासीय नेपाली संघको मध्यपुर्ब र मलेशियालाई हेर्ने निति कस्तो रहेछ त रु भन्ने प्रश्टै पार्दछ । हुन त गैरआबासिय नेपाली संघ कतारले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सकेका छैन यसैस“ग सम्बन्धित पदाधिकारीहरुले पनि । सुरक्षित र मर्यादित बैदेशिक रोजगार नितिका निम्ति आवाज उठाउने हो भने सबैभन्दा पहिले एनआरएनएका केहि पदाधिकारीहरु आफैं सच्चिनु पर्ने हुन्छ । यसैकारण नेपाली नियोग र एनआरएनए पदाधिकारीहरु बिचको दुरी निकै बढेको देखिन्छ ।
गैरआवासीय नेपालीहरुको लगानी भिœयाउन मरिहत्ते गर्ने सरकारले विश्वासको वातावरण बनाउन नसक्दा सामुहिक लगानीको कुरा त्यतिकै ओझेलमा पर्न लागेको हो कि भन्ने भान पैदा भइरहेको छ । हुन त सामुहिक लगानि भन्ने बित्तीकै सबैले गमिभर भएर एक पटक मनन गर्नै पर्ने हुन्छ । युनिटी लगायतका नेटर्वकिङ ब्याबसायहरुले पनि सामुहिक लगानिको बिषयमा कुरा उठाएकै हुन । शितल निबास देखि बालुबाटार सम्मकाले शुभकामना दिन र उदघाटन गर्न भ्याएकै थिए । एनआरएनको सामुहिक लगानीको अवस्था यस्तै नहोला भन्न सक्ने अवस्था छैन । पारदर्शिता बिनाको कुनै पनि काम सफल भएको पाइदैन ।
गैरआबासिय नेपाली संघको बारेमा लेख्दै गर्दा यसको साखा कतारको बारेमा केहि लेख्न मन लाग्यो । ९४५ जना पार्शद सदस्यहरु रहेको यस संस्थाको अन्तिम पार्शद भेला केहि साताअघि रोकिन पुग्यो । कारण रहेछ कुल पार्शद संख्याको ५१ प्रतिशत पार्शदहरु उपस्थित नहुनु अर्थात कोरम नपुग्नु । १००जना पार्सद पनि उपस्थित नहुनु । यो कार्यकालको अन्तिम भेला भनेर बोलाईएको उक्त भेलामा पार्सदहरु उपस्थित नहुनुले एउटा तरंगनै ल्याइदिएको छ ।
१। चरम राजनीतिक गुटबन्दी २। चुनावताका उम्मेद्धारहरुले नै दस्तुर तिरेर सदस्यता वितरण गर्नु ३। छुट्टि गएका अथवा क्यान्सिल गएकाहरुको रेर्कड राख्न नसक्नु ।
चरम राजनीतिक गुटबन्दी र ब्यक्तिगत टकराबले यस संस्था भित्र तिब्र जरा गाडेर बसेको पाइन्छ । अझ रमाइलो पक्ष त मत आफनो हातमा पार्नका लागि चुनावताका उम्मेद्धारहरुले नै दस्तुर तिरेर सदस्य बनाइदिएर चुनाब जित्ने सम्मका हर्कतहरु देखाउन पछि नहटने रहेछन । यसलाइ पुष्टि पारेको छ पछिल्लो दुई कार्यकालाई मात्रै हेर्ने हो भने पार्शद सदस्यहरु निकै कम रहेको पाइन्छ । छुट्टि गएका अथवा क्यान्सिल गएकाहरुको रेर्कड राख्न नसक्नुले पनि पार्शद सदस्यहरुको संख्या नपुगेको हो कि रु यस तर्फ पनि संघले गम्भीर भएर ध्यान दिनु पर्नेहुन्छ । हुन त नेपाली समाजमा एक प्रकारको रोग नै फौलिएको छ आफुलाई आपत पर्दा मात्रै संघ संस्थाहरुको खोजि गर्ने नत्र चुप चुपलागेर बस्ने ।
नेपालको राजनीतिक अबस्था देखि वाक्क भएकाहरु यहा“ समेत राजनीति लादन खोजेकाले केहि ब्यक्तिहरु संस्थाबाट पछि हटेका भेटियो । केहि समय अगाडि एक जना सनैयामा रहेका साथीले एनआरएनको पार्शद सदस्यका बिषयमा जान्न खोज्दा अचम्म लाग्ने कुरा सुनाए हुन त त्यतिबेला म दोहामा नया“ थिए र मलाई उनको कुरा नया“ लाग्यो । भएको के रहेछ भने चुनाव ताका एकजना सज्जनबृन्दले नै आफनै खर्चमा उनलाई सदस्यता बनाईदिएका रहेछन । हुन त अरुले पनि त्यसै गरेका थिए होला । उनी पनि सदस्य बनेका रहेछन संस्थाप्रति उतरदायित्व भए त कसैले चुनावताका आफु बिजयी बन्न त्यसरी सदस्यता वितरण गर्नुपर्ने नै थिएन होला । त्यसरी सदस्य बनेकाहरुलाई संस्था प्रति के को जिम्मेवारी बोध हुन्थ्यो र । कहिले काहि केहि पार्शदहरु छुट्टि गएको अबस्थामा या क्यान्सिल गएको अबस्था छ भने के गर्ने दुई चारजना पार्शद सदस्य नपुग्नाले नै कहिलेकाहि बैठक स्थगन गर्नु पर्ने हुन सक्छ ।
हुन त सहमति जुटाउने हो भने जे पनि गर्न सकिन्छ । यो भन्दा अगाडिको बैठकहरु पनि सहमतिकै आधारमा चलेको पाइयो । ति बैठकहरुमा पनि पार्शद सदस्यको ५१ प्तिशत पार्शदहरु उपस्थीत रहेनछन । चुनाब नजिकिदै गर्दा यो बैठक स्थगन गर्नुलाई केहिले धमिलो पानीमा माछा मार्ने प्रयास भनेका थिए । निर्देशिकाको दफ ९ उपदफा ६ बमोजिम मई १३मा पनि त्यति धेरै परिषद सदस्यहरु उपस्थित थिएनन । यो कार्यकालको अन्तीम भेला भनेर डाकिएको उक्त भेलामा आर्थिक प्रतिबेदन पारर्दशीरुपमा प्रस्तुत गर्न एनआरएनएले सकेन । दोहामा रहेका पिडीत नेपालीहरुको सहयोर्गाथ भनेर गरिएको कार्यक्रमको बारेमा न सा“गठनीक प्रतिबेदनमा उल्लेख गरियो न त आर्थिक प्रतिबेदनमा नै । दिपक बिष्टको सम्मानार्थ सहयोग गर्नेहरुको नाम प्रतिबेदनमा उल्लेख गर्दा कार्यक्रममा भएको आम्दानि र खर्चको बिबरणका कारेमा परिषद सदस्यहरुलाई दिएको आर्थिक प्रतिबेदनको कपिमा कहि“ कतै उल्लेख नै गरिएन सिधै मन्चमा गएर मात्रै त्यसबारेमा जानकारि गराईयो । तेस्रो परिषद भेलाको बारेमा धेरै जिज्ञासाहरु उठेको थियो यो स्तम्भकारको मनमा पनि तर परिषद सदस्य नभएका कारण त्यतिकै चुप बसेको थियो । पा“च महिना अगाडि भएको सांस्कृतिक कार्यक्रममा प्रायोजकहरुले अझै सम्म रकम उपलब्ध गराएको रहेनछ । र, प्रायोजकहरु पनि अधिकांश एनआरएनएका सदस्यहरुका ‘ब्राण्डहरु’ नै थिए । त्यतिबेला अर्थात सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्नेहरु बिच एक आपसमा बोल बढाबढ नै चलेको थियो अर्थात कम्पिटीसन जस्तै भएको थियो तर आज तिनै महानुभाबहरुले कार्यक्रमलाई स्पोन्सर गरेको रकम भने दिन सक्नुभएको रहेनछ । प्रचारमुखि हुन रुचाउने एनआरएनएका पदाधिकारिहरु आजै बाट सुध्रीन थाल्नु पर्दछ । अन्याथा भोली दोहाका नेपाली जनमानसमा एनआरएनएलाई हेर्ने दृष्टिकोण फरकहुन सक्दछ र अर्कै तरंग उत्पन्न हुन सक्दछ । त्यसैले अब आउने चुनाबमा पहिलेको जस्तो धेरै पार्शद सदस्य धेरै बनाउन तर्फ नलागीकन चुस्त र दुरुस्त बनाउन सके भाबि दिनहरुमा यस्तो समस्या आउने थिएन होला ।

No comments:
Post a Comment