कुर्सी नपाएपछि आन्दोलनको नाटक मञ्चन गर्ने मधेसी नेताहरूको बानी नै हो ।
पाउञ्जेल हर्सुने र नपाएपछि सन्किने संस्कार बोकेकाहरू सत्ताको लागि जनताको घर डढाउनदेखि देश नै भारतलाई सुम्पिन पनि पछि पर्दैनन् । कुर्सी नपाएपछि अहिले पुनः उनीहरू आन्दोलनको धम्की दिइरहेका छन् । यसैक्रममा संविधान सभाको म्याद थपे दोश्रो मधेस क्रान्ति सुरु हुने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले बताएका छन् । लडाकुको संख्या निर्धारण, संघीयतासहितको संविधान र शान्ति प्रक्रियाको ग्यारेन्टी सहितको खाका प्रस्तुत नभएसम्म संविधान सभाको म्याद निःशर्त थप्ने कुरामा मोर्चा सहमत नहुने नेताहरुले बताए । संविधान र शान्ति प्रक्रियाको समय एमाले, कांग्रेस र माओवादीको सत्ताको खिचातानीमै सकिएको बताउँदै उनीहरुले अब संविधान र शान्तिको ग्यारेण्टी हुने भएमात्र आफुहरुले म्याद थप्न समर्थन दिन सक्ने बताए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले झलनाथ खनाल नेतृत्वको सरकार कुनै सर्त बिनानै संविधान सभाको म्याद थप गरे त्यसका विरुद्धमा दोश्रो मधेस आन्दोलन गर्ने बताए । कांग्रेसले अघि सारेको सहमतिको १० बुँदे आधारमा केही बुँदा छाडेर मोर्चाले समर्थन गर्ने उनले बताए ।सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा रहेकाहरु संघीयताका विरोधी भएकाले समयमा संविधान आउन नसकेको बताए ।
No comments:
Post a Comment