5/17/2011

हेर्नुस् त मरुभूमिमा नेपालीको कन्त विजोग

कुवैतको सबाह अस्पताल अन्तरगत क्षयरोग सम्बन्धी शाखाको भ्रमणको लागि जाँदा कावासोती छ नवलपरासी, घर भएका बर्ष ३२ का हाल कुवेत स्थित  सेक्युरिटी पदमा कार्यरत छबीराम बि.क.
विगत २०११ मार्च २९ देखि अस्पतालमा क्षयरोग सम्बन्धी शाखाको वार्ड नं १० रुम नं २ बेड नं ३ भर्ना भै हालसम्म उपचार गराई रहनु भएको छ । वहाँले भन्नुभयो मेरो घरायसी आर्थिक अवस्था अति नै दयनिय भएकोले र म स्वयं नै विमारी भएर अस्पतालमा बस्नु पर्दा घरमा रहेका परिवारहरु झन संकटमा परेका छन् भन्नु भयो । वास्तवमा वहाँ नै हो घरको व्यवहार सम्हाल्ने वहाँकै हालत यो स्थितीमा पुग्दा जटिल समश्या हुन पुग्नु स्वभाविक नै हो। वहाँ मरूभूमिको कोसेली पत्रिकाको बजार बितरक पनि हुनुहुन्छ भने साहित्यमा अभिरुचि राख्ने एक उर्वरा साहित्य प्रेमी पनि हुनुहुन्छ। वहाँद्वारा लिखित कविताहरु नेपाल कुवेत डटकम वेब साइट र मरूभूमिको कोसेली पत्रिकामा पनि प्रकाशित भैसकेको छ भने लक्ष्मी जयन्ति र फहाहिलको रोयल मुघ्लाई होटलमा भएको कविता बाचन प्रतियोगितामा पनि साह्रै राम्रो कविता वाचन गरेर सबैको मन मष्तिष्कमा छाउनु भएको छ। वहाँले भन्नुभयो हाल मेरो यो संकटको अवस्थामा कुवेतमा रहेका सम्पूर्ण संघ संस्था तथा दयालु दाजुभाई तथा दिदी बहिनीहरुमा सहयोगको गर्नका लागि हार्दिक अपिल गर्दछु । “एकले थुकी सुकी सयले थुके नदी” भने झैं हजुरहरुको स(सानो सहयोगले मेरो परिवारले अवश्य नै केही राहात पाउने थिए भन्नु भएको छ।

हिरालाल डिमडुङ( पिप्ले गा।वि।स। वार्ड नं। ७ गडौली घर भएका बर्ष ४२ का विगत एक बर्ष देखि कुवेतमा हुनुहुन्छ । वहाँलाई कुखुरा फार्म भनेर ल्याएर भेडा चराउने काम गर्नु परेको र घरमा काम गर्दा गर्दै विमारी भएर काम गर्न नसक्ने अवस्था भएपछि आफु भागेको गुनासो पोख्नु हुन्छ। त विमारी छन आरम गर भनेर भन्ने मानिस हुँदैनन् यहाँ उनिहरुलाई वस काम चाहिएको छ काम गर्न नसके पछि झन पिटाई र गाली सुन्नु पर्दा यो मन भित्र भित्रै जलेर दुखित हुन पुग्दो रहेछ तैपनि जसो तसो दुःख सुख काम गर्दै थिए तर हाल २०११ जनवरी २ देखि क्षयरोगबाट पीडित भई उपचार गराउनु परेको छ । आउँदा लिएको ऋण समेत तिर्न सकेको छैन आफ्नो यस्तो हालत हुँदा मेरो घरायसी समश्या झन धारासाही भएको छ अब कसरी साहुको ऋण तिर्ने हो र बाल बच्चा श्रीमतिलाई के कसरी पालन पोषण गर्ने भन्ने समश्याले एक दम पिरोली रहन्छ भनेर दुखित मुद्रामा भन्नु भयो ।

खड्ग बहादुर श्रेष्ठ( तोस्रोङखोला गा।वि।स। वार्ड नं। ८ सिन्धुली घर भएका २९ बर्षिया श्रेष्ट विगत साँढे पाँच बर्ष देखि कुवेतमा हुनुहुन्छ । वहाँ कुवेतको ब्ी च्गधबम भ्लखष्चयलmभलतब िक्भचखष्अभ ऋभलतभच मा कार्यरत हुनुहुन्छ र बस्ने स्थान महावुल्ला हो। वहाँलाई उपचाको क्रममा अस्पतालमा बस्दा वेसीक तलब दिन्छ कि दिंदैन भनेर सोध्दा दिन्छ भनेर भन्नु हुन्थ्यो । हाल वहाँ पनि क्षयरोगबाट पीडित भई २०११ अप्रिल २ तारिकबाट सबाह अस्पतालको वार्ड नं। १०, रुम नं। ३ र वेड नं। ३ मा उपचार गराई रहनु भएको छ ।

दिपक कार्कीः( लिवाङ गा।वि।स। वार्ड नं। ९ रोल्पा जिल्ला घर भएका बर्ष ३५ का कार्की विगत साँढे तीन बर्ष देखि कुवेतको अलघानिम कम्पनीमा कार्यरत हुनुहुन्छ र वहाँ कुवेतको सुवैयामा बस्नु हुन्छ । हाल वहाँ पनि क्षयरोगबाट पीडित भई २०११ में १२ तारिकबाट सबाह अस्पतालको वार्ड नं। १०, मा नै उपचार गराई रहनु भएको छ ।
वहाँहरुको सिघ्र स्वास्थ्य लाभको लागि नेपाल कुवेत डटकम तथा मरूभूमिको कोसेली पत्रिका परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

No comments:

Pages