गरिबको रगत चुस्दा–चुस्दा ढाडे जुकाजस्ता बनेका मानवतस्करहरूले विदेशमा नेपाली मर्न आँटदा पनि वास्ता गर्दैनन् । मान्छे बेचेर कमिसन खाने यी मानव दलालहरूकै कारण आज हजारौं नेपालीले खाडीको मरुभूमिमा नारकीय जीवन बितउनुपरेको छ ।
चर्को रकम असुल्ने र विदेश पुर्याएर विजोग पार्ने दलालहरूको हुलमा देखिएको एक मानवतस्कर हो शंकर गरुङ । यिनको नाम मात्र शंकर हो, व्यवहार त यिनको भष्मासुरको भन्दा पनि खराब छ । यिनै भष्मासुरका कारण मलेसियाका एक नेपाली मृत्यु शैयामा पुगेको उनको परिवारजनले बताएका छन् । सल्यान जिल्लाका प्रेम बुढामगर एसभी म्यानपावर मार्फत् मलेसिया पुगेका थिए । छोरालाई ऋण धन गरेर विदेश काम गर्न पठाइयो । अब त केही राम्रो होला कि भनेको त नछोराले कुनै रकम नै पठाउन सक्यो उल्टै उ आफै थलिएर बसेको खबर आइरहेको छ । उसलाई फर्काइ दिन मेनपावर कम्पनीलाई पटक९पटक भनिसके तर उसले कुनै वास्ता नगरेको प्रेमका अभिभावकले बताउँछन । एसभीका मालिक शंकर गुरुङलाई आफ्नो छोरालाई नेपाल झिकाइ दिन बारम्बार अनुरोध गर्दा एजेण्टलाई देखाउन्छन् । एजेण्टलाईभन्दा कम्पनीलाई देखाउँछन् । म गाउँले मान्छे कता कता दौडनु फेरि आफूले पढेको पनि छैन । कुनै कानुनी कुरा थाहा छैन । यी एजेण्ट र कम्पनीको लडाइले मेरो छोरो गुम्ने भयो । लौ न केही गरिदिनु पर्यो भन्दै उनी आँसु चुहाउछन् ।
एसभी मेनपावरले दाङ र सल्यान जिल्लाको अधिकांश युवाहरूलाई विदेश पठाएको र उसले त्यहाँ पठाएको प्रायः युवाहरू विचल्लीमा परेको गाउँभरि फैलिएको छ । तर कम्पनी गैरजिम्मेवार व्यवहार गर्दै आइरहेको छ । यस सन्दर्भमा एसभी एसोसियटस प्रोप्राइटर शंकर गुरुङसँग सम्पर्क गर्दा मलेसियामा एक जना विरामी भएको सत्य हो उसलाई झिकाउन एजेन्टसँग कुरा भइरहेको बताउँछन् र यसमा आफ्नो गल्ती नभएको र एजेण्टको कारण त्यस्तो स्थिति सिर्जना भएको भन्दै आफू पन्छिन खोज्छन् । साथै करिब एक दर्जन युवा अलपत्रमा छन् नि भन्ने जिज्ञासामा गुरुङले उनीहरू अलपत्र नपरेको बरु उनीहरूले तोकिएको तलब नपाएको कुरा घुमाउरो पाराले स्वीकारे । यसरी युवालाई विदेश पठाएर अलपत्र बनाउने र एउटा काम देखाएर अर्को काममा पठाउने ठूलो रकम तलव भत्ता पाउने आश देखाएर थोरै तलव भत्ता दिने कम्पनीमा पठाउने गरिब सोझा साझा नेपालीको भविष्यमा माथि खेलवाड गर्ने एसभी मेनपावनर माथि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको पीडितको गुनासो छ । यसरी नै नेपालीको भविष्य माथि खेलवाड गर्ने एसभी मेनपावरको थप बदमासी आगामी दिनमा एकजुट भएर उपलब्ध गराउने पीडितहरूले बताएका छन् ।
कुवेतमा नेपालीको माग बढ्यो
कुवेतमा लामो समयपछि नेपालीहरूका लागी अत्यधिक रूपमा रोजगारीको अवसर खुलेको छ । गत बर्षसम्म कुवेतमा नेपालीहरूको संख्या पुग नपुग ४५ हजार रहेकोमा अहिले एक्कासी ६५ हजारको हाराहारीमा नेपाली कुवेतमा रहेका छन् । कुवेतको हरेक कम्पनीमा दिन प्रतिदिन नेपालीहरू ओइरिरहेका छन् ।
बङगलादेश लगायत अन्य देशहरूको लागि कुवेत आगमन भिसा बन्द गरेपछि कुवेतमा कामदारको कमी हुन लागेको हो । दिनहु सयौ नेपालीहरू कुवेत भित्रिने गर्छन् जुन अहिलेसम्मको रेकर्डमा अत्याधिक मानिन्छ । नेपाली दूतावास कुवेतलाई कुवेत आउने नेपालीहरूलाई स्वीकृती दिन भ्याइ नभ्याइ छ भने कत्तिले चोरबाटोबाट पनि नेपाली कामदार कुवेत भित्र्याइरहेका छन् । कुवेत सरकारले पनि नेपाली कामदारहरूलाई प्रथमिकताका साथ कुवेत भित्र्याउन अनुमति दिएपछि नेपालीहरूले अवसर पाएका हुन् । अहिले पनि कुवेतमा नेपालीहरू न्युन तलब भत्ता अत्याधिक रकम एजेन्सीलाई बुझाएर आउने क्रम जारी छ ।
बङगलादेशको भिसा ७ बर्षदेखि बन्द छ । भारतले आफ्ना नागरिकलाई कुवेतमा काम गर्न न्युनतम सय कुवेत दिनार तोकेपछि कुवेतका बिभिन्न कम्पनी नेपालीलाई कुवेत भित्र्याउन तम्सेका हुन् । अहिले आएका हजारौ नेपालीहरूको मासिक तलब ४५ कुबेती दिनार रहेको छ र उनिहरूले नेपालमा म्यानपावरलाई ७० जहारदेखि एक लाखसम्म तिरेका छन् । हुन त कुवेतमा तल्लो तहको कर्मचारीदेखि आफ्नो सीप र कौसलताको आधारमा अवसर जहाँ तहीँ देखिएको छ । हरेक कम्पनी व्यवसायमा कामदारको कमीले गर्दा कम्पनी हैरान छन् । अहिले हरेक कम्पनीमा हजारदेखि पन्ध्र सयसम्म नेपाली एक साथ आउन थालेका छन् ।
घरेलु कामदार महिलाहरूको पनि त्यतिकै कमी हुन थालेपछि स्थानीय कुवेतीहरूले एजेन्सीलाई झन्डै डेढ लाख नेपाली बराबर तिरेर कामदार किन्न थालेका छन् । गैर कानुनी रूपमा बसेका सम्पूर्ण प्रवासीहरूलाई आगामी जुलाई ३० सम्म आफ्नो मुलुक फर्कने अवसर दिए पनि आधाभन्दा बढी आफ्नो मुलुक नफर्कने सोचमा बसेका छन् । कुवेतीले महँगो रकम लिएर कयौ इलिगलहरूको भिसा लगाइ दिन थालेपछि कुबेत सरकारले व्यक्तिगत रूपमा भिसा दिन कडाइ गर्न थालेको छ ।

No comments:
Post a Comment