नयाँ नेपाल यस्तो होस् विश्वकै नमूना बनोस् ।
आफ्नै स्वतन्त्र पाराले राजनीति यहाँ चलोस् ।।
यत्रतत्र लुकी बस्ने काला बादल ती हटुन् ।
नेपालीले स्वयम् आफ्नो निर्णयमा सही गरुन् ।।

नेपाल देश मेरो हो यसकै निम्ति क्यै गरुँ ।
सबैको प्रिय नेता भै आफ्नै आँगनमा मरुँ ।।
भन्ने उदान चैतन्य नेताका आत्ममा खुलोस् ।
जनता, राष्ट्रको सेवा नेताको शर्तनै बनोस् ।।

नेपाली राष्ट्रको भाषा राष्ट्रको पहिचान होस् ।
हरेक मातृभाषाको यथोचित विकास होस् ।।
भाषा विवादमा फस्ने राजनीति समाप्त होस् ।
राष्ट्रिय एकताभित्र भाषा नै मूल मन्त्र होस् ।।
शिव, बुद्ध र अल्लाह सबका मनमा रहुन् ।
साझा धार्मिक संस्कार नेपाली घरमा चलुन् ।।
धर्मका नाममा युद्ध नचलोस कहिल्यै पनि ।
बुझून् सम्पूर्णले ‘साँचो सेवा नै धर्म हो’ भनी ।।
अत्यचार र अन्याय, भष्ट्रचार समाप्त होस् ।
कुनै मु्द्दा नपाएर न्यायलय हटाइयोस् ।।
न भेटियून् कुनै रोगी, बिरामी मुलुकै भरी ।
अनुसन्धानशाला बनुन् अस्पताल सधैं भरी ।।

को पहाडी ? मधेशी को ? विभेद सब मेटीयोस् ।
पहाडी र मधेसीको भावना सब एक होस् ।।
पुगोस् मधेसको अन्न पहाडका कुनाकुना ।
पाउन् भोग्न मधेसीले पहाडी पनि सिर्जना ।।
कसैले नपरोस् बोक्न लाठी, ढुङ्गा र बन्दुक ।
टायर नपरोस् बाल्न सफा हुन् जनका पथ ।।
सम्पूर्ण प्रहरी, सेना नागरिक समान हुन् ।
हतियार सडाएर राष्ट्र विकासमा हिँडून् ।।
बैरियून् सभ्यता सिक्न विदेशी सब नै यहाँ ।
जाउन् सगरमाथामा बसी केबुलकारमा ।
ऐलेका यी ठूला राष्ट्र सहयोग जुटाउन् ।
ठूलै लस्कर लागेर आउन् लिई निवेदन ।।![Firefly: The Complete Series [Blu-ray]](http://ws.amazon.com/widgets/q?MarketPlace=US&ServiceVersion=20070822&ID=AsinImage&WS=1&Format=_SL160_&ASIN=B001EN71CW&tag=khadisandesh-20)

रङ्गकर्मी, कलाकार, साहित्यकार औ कवि ।
सबै सम्पन्न शाली हुन् र बनुन् राष्ट्रका छवि ।।
कहिल्यै नपरोस् लड्न अधिकार निमित्तमा ।
र पाउन् सिर्जना गर्न उज्यालो परिवेशमा ।
नपरोस् गाउँका मान्छे झर्न शहरमा कुनै ।
सुख र सुविधा आफ्नै गाउँमा भेटिउन् सबै ।।
तेल, डिजेल, पेट्रोल देशमै उपलब्ध होस् ।
धेरै भै विजुली बत्ति विदेशतिर बेचियोस् ।।
उच्च आदर, सत्कार, सद्भाव अनि प्रेमले ।
नेपाली जनता बाँचून् उच्च नैतिक चेतले ।
औपचारिक शिक्षा त्यो सम्पूर्ण नै निःशुल्क होस् ।
हरेक व्यक्तिका सामु रोजगारी प्रशस्त होस् ।।

अधिकार सुरक्षा होस् हरेक जनजातिको ।
जातीय झगडा बन्दहोस् व्यक्ति विशेषको ।।
मान्छेले सब मान्छेको भावना मनका बुझोस् ।
छुवाछुत हटाएर मानवता दिगो बनोस् ।।

नाना उद्योगधन्दाको विकास होस् जताततै ।
आदर्श स्वावलम्बीको परिभाषा मिलोस् यतै ।।
कर्णालीमा चलोस् रेल जहाज रोकियोस् त्यतै ।
यातायात नपाएको कुनै ठाउँ नहोस् कतै ।।

फिर्ता हुन् काँगडा, टिस्टा गुमेका ती भू–भाग ति ।
नुघ्रोस् विस्तारवादीको माथ हवस् सफा मति ।।
नेपालको सिमानामा पर्खाल होस् खडा ठूलो ।
उफ्रेर तिनले हेरुन् नेपालको रमाइलो ।।

– उपेन्द्र राज खनाल
मदानपुर–४, नुवाकोट
आफ्नै स्वतन्त्र पाराले राजनीति यहाँ चलोस् ।।
यत्रतत्र लुकी बस्ने काला बादल ती हटुन् ।
नेपालीले स्वयम् आफ्नो निर्णयमा सही गरुन् ।।
नेपाल देश मेरो हो यसकै निम्ति क्यै गरुँ ।
सबैको प्रिय नेता भै आफ्नै आँगनमा मरुँ ।।
भन्ने उदान चैतन्य नेताका आत्ममा खुलोस् ।
जनता, राष्ट्रको सेवा नेताको शर्तनै बनोस् ।।
नेपाली राष्ट्रको भाषा राष्ट्रको पहिचान होस् ।
हरेक मातृभाषाको यथोचित विकास होस् ।।
भाषा विवादमा फस्ने राजनीति समाप्त होस् ।
राष्ट्रिय एकताभित्र भाषा नै मूल मन्त्र होस् ।।
शिव, बुद्ध र अल्लाह सबका मनमा रहुन् ।
साझा धार्मिक संस्कार नेपाली घरमा चलुन् ।।
धर्मका नाममा युद्ध नचलोस कहिल्यै पनि ।
बुझून् सम्पूर्णले ‘साँचो सेवा नै धर्म हो’ भनी ।।
अत्यचार र अन्याय, भष्ट्रचार समाप्त होस् ।
कुनै मु्द्दा नपाएर न्यायलय हटाइयोस् ।।
न भेटियून् कुनै रोगी, बिरामी मुलुकै भरी ।
अनुसन्धानशाला बनुन् अस्पताल सधैं भरी ।।
को पहाडी ? मधेशी को ? विभेद सब मेटीयोस् ।
पहाडी र मधेसीको भावना सब एक होस् ।।
पुगोस् मधेसको अन्न पहाडका कुनाकुना ।
पाउन् भोग्न मधेसीले पहाडी पनि सिर्जना ।।
कसैले नपरोस् बोक्न लाठी, ढुङ्गा र बन्दुक ।
टायर नपरोस् बाल्न सफा हुन् जनका पथ ।।
सम्पूर्ण प्रहरी, सेना नागरिक समान हुन् ।
हतियार सडाएर राष्ट्र विकासमा हिँडून् ।।
बैरियून् सभ्यता सिक्न विदेशी सब नै यहाँ ।
जाउन् सगरमाथामा बसी केबुलकारमा ।
ऐलेका यी ठूला राष्ट्र सहयोग जुटाउन् ।
ठूलै लस्कर लागेर आउन् लिई निवेदन ।।
रङ्गकर्मी, कलाकार, साहित्यकार औ कवि ।
सबै सम्पन्न शाली हुन् र बनुन् राष्ट्रका छवि ।।
कहिल्यै नपरोस् लड्न अधिकार निमित्तमा ।
र पाउन् सिर्जना गर्न उज्यालो परिवेशमा ।
नपरोस् गाउँका मान्छे झर्न शहरमा कुनै ।
सुख र सुविधा आफ्नै गाउँमा भेटिउन् सबै ।।
तेल, डिजेल, पेट्रोल देशमै उपलब्ध होस् ।
धेरै भै विजुली बत्ति विदेशतिर बेचियोस् ।।
उच्च आदर, सत्कार, सद्भाव अनि प्रेमले ।
नेपाली जनता बाँचून् उच्च नैतिक चेतले ।
औपचारिक शिक्षा त्यो सम्पूर्ण नै निःशुल्क होस् ।
हरेक व्यक्तिका सामु रोजगारी प्रशस्त होस् ।।
अधिकार सुरक्षा होस् हरेक जनजातिको ।
जातीय झगडा बन्दहोस् व्यक्ति विशेषको ।।
मान्छेले सब मान्छेको भावना मनका बुझोस् ।
छुवाछुत हटाएर मानवता दिगो बनोस् ।।
नाना उद्योगधन्दाको विकास होस् जताततै ।
आदर्श स्वावलम्बीको परिभाषा मिलोस् यतै ।।
कर्णालीमा चलोस् रेल जहाज रोकियोस् त्यतै ।
यातायात नपाएको कुनै ठाउँ नहोस् कतै ।।
फिर्ता हुन् काँगडा, टिस्टा गुमेका ती भू–भाग ति ।
नुघ्रोस् विस्तारवादीको माथ हवस् सफा मति ।।
नेपालको सिमानामा पर्खाल होस् खडा ठूलो ।
उफ्रेर तिनले हेरुन् नेपालको रमाइलो ।।
– उपेन्द्र राज खनाल
मदानपुर–४, नुवाकोट
No comments:
Post a Comment