‘छक्का, हिजडा, नपुङ्सकजस्ता दुर्वाच्य सुन्दा सा¥है चित्त दुख्छ, अझ खास गरी साथीभाइ र आफन्तको मुखबाट सुन्दा ।’

निल हिरा समाजद्वारा जनकपुरमा आयोजित छलफल कार्यक्रममा समाजका सदस्य अब्दुलले त्यस्तो दुःखेसो पोख्दै कोही पनि आफ्नो इच्छाले वा अरुको इच्छाले समलिङ्गी÷तेस्रो लिङ्गी बन्दैन, यो जन्मजात लिएर आउने कुरा हो भन्नुभयो ।
विद्यमान पूर्वाग्रह, विभेद र नकारात्मक धारणाका कारण समलिङ्गी÷तेस्रो लिङ्गीलाई अदृश्य हुन वा लुक्न बाध्य तुल्याइएको, तिरस्कृत गरिएको र अन्यायको सिकार बनाइएको तथ्य पनि उहाँले प्रस्तुत गर्नुभयो । समाजद्वारा गरिएको अध्ययनअनुसार धेरै समलिङ्गी आफ्नो पहिचान लुकाएर विपरीत लिङ्गी धारणा गरेर बाँच्न बाध्य छन् । जनसङ्ख्याको करिब ८ देखि १० प्रतिशत समलिङ्गी तथा करिब एक प्रतिशत तेस्रो लिङ्गी नेपालमा रहेको बताइन्छ ।
मानसिक स्वास्थ्यका चिकित्सकहरु पहिला समलिङ्गी आकर्षणको अनुभूति हुनुलाई मानसिक रोग भन्ने गरेकामा सन् १९७० मा अमेरिकन साइकोलोजिकल एसोसिएसन र १९९२ मा विश्व स्वास्थ्य सङ्गठनले पनि समलैङ्गिकता कुनै रोग नभएको पुष्टि गरिसकेको अवस्थामा पनि सामाजिक बहिस्करणको पीडादायी अवस्था विद्यमान रहेको समाजका अध्यक्ष सञ्जय चौधरीले बताउनुभयो । समाजले समलिङ्गी÷ तेस्रोलिङ्गीको अस्तित्वमाथि जबरजस्ती शङ्का गरिरहेको स्थितिमा प्रशासनिक निकायका प्रमुखहरुबाट समेत अपमानित हुनुपरिरहेको घटना उहाँले प्रस्तुत गर्नुभयो ।
मानवअधिकारकर्मी प्रदीपले समलिङ्गी÷तेस्रो लिङ्गीले पहिचानअनुरुप नागरिकताको माग गर्दा प्रशासनले लिङ्ग पहिचानअनुरुप नागरिकता नदिई अपमानित गर्दैआएको बताउनुभयो । भेदभावबाट पीडित समलिङ्गी÷तेस्रो लिङ्गीलाई कुनै पनि निकायले ध्यान नदिएको समेत उहाँहरुको गुनासो थियो ।

No comments:
Post a Comment